नेकपाका प्रवक्ताले दिए आफ्नै पार्टीका नेतालाई ‘दनक’
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीले उठाएका मुल मुद्दा जायज भएको पुष्टि भएको बताएका छन् ।
नेता श्रेष्ठले सत्याग्राही केसीले उठाएका मुल मुद्दा सहि भएको तथा माथेमा प्रतिवेदनका सुझाव सकारात्मक भएको प्रतिकृया दिदै आएका थिए ।
तर, श्रेष्ठको यस्तो प्रतिकृया आएपछि पार्टीकै कतिपय नेता कार्यकर्ताले पार्टी प्रवक्ताले सरकारको बचाउ नगरेको भनेर श्रेष्ठको आलोचना समेत गर्ने गरेका थिए ।
विहीबार राती सरकार र गोविन्द केसीबीच नौ बँदे सहमति भएपछि शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै श्रेष्ठले आफुले सत्याग्राही केसीले उठाएका मुल मुद्दा सहि भनेकोमा हिजो पुष्टि भएको भन्दै विरोध गर्नेलाई घुमाउरो जवाफ पनि दिएका हुन् ।
उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘माथेमा प्रतिवेदनको मुल पक्ष सकारात्मक छ, हाम्रा पार्टीका नेता कार्यकर्ताले पनि विना पुर्वाग्रह यसलाई आत्मसात गरी वार्ताद्धारा समस्या समाधान गर्नुपर्छ भन्दा तिव्र विरोध गर्नेहरुलाई पनि अहिले धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण