आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमाथि प्रधानमन्त्री ओलीको ‘काउन्टर अट्याक’ : काँग्रेसले के तमासा गरेको यो ?

सोमबार, ०७ साउन २०७५, १६ : ०७
सोमबार, ०७ साउन २०७५

काठमाडौं–डा.गोविन्द केसीको अनशनलगायतका केही मुद्दामा विपक्षी काँग्रेसले निरन्तर हमला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज काँग्रेसमाथि ‘काउन्टर अट्याक’ गरेका छन् । 

नेकपाका एक अध्यक्ष प्रचण्डले काँग्रेसमाथि हमला गरेकै कार्यक्रममै प्रधानमन्त्री ओलीले पनि सरकार र नेकपाको बचाउँ गर्दै काँग्रेसमाथि कठोर आलोचना गरेका हुन् ।

डा.गोविन्द केसीलाई उचालेर काँग्रेसले राजनीति गरेको प्रधानमन्त्री ओलीको भनाई छ । 

आक्रोशित मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले काँग्रेसले हुलइज्जतको बाटो लिएको पनि आरोप लगाए । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेकपाले काठमाडांैमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसभन्दा आफुहरु बढी लोकतन्त्रका लागि लँडेको बताए । 

प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रवादसँग जोडेरमात्रै होइन, सरकारका कामकारवाहीसमेत उठाएर काँग्रेसलाई जवाफ दिने कोशिष गरे ।

काँग्रेसले कम्युनिष्ट पार्टीको अहिलेको ओली नेतृत्वको सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएको छ । 

काँग्रेसमाथि प्रचण्डको हमला : अब काँग्रेस सिद्धियो

प्रधानमन्त्री ओलीले के-के भने ?  
–म सरकार र सरकार सञ्चालनका पक्षमा अलि बढि राख्ने कोसिस गर्छु । यद्यपी कुराहरु त मिसिइहाल्छन् । सरकारका नीति स्पष्ट छन् । पार्टीका नीति पनि स्पष्ट छन् ।प्रतिक्रियावादी शक्ति अलि छिट्ट हड्बडउँछन् । आत्तिन्छन् । हामी पनि प्रतिपक्षमा थियौँ । ३३ सिट हुँदा पनि हामी शालिन ढंगले प्रस्तुत हुन्थ्यौँ । हामीले हिंसात्मक दमनको पनि शान्तिपुर्ण प्रतिकार गथ्र्यौँ । आज हाम्रो बहमत आयो । काँग्रेसले २०१६ सालमा ल्याएको थियो, त्यो काम लागेन । प्रधानमन्त्री गिरफ्तार भए । संसद भंग भयो । कम्युनिष्टको ४ सिटमात्र थियो । तर, पुष्पलालले पार्लियामेन्ट पुनस्थापित गर्नुपर्छ भनेर अगुवाई गरे, काँग्रेसले मानेन । बरु सुन्दरी जलमा बस्न मन परायो, क्यारेक्टर त्यो हो काँग्रेसको ।

–अहिले झुटको खेति गरिरहेको छ काङग्रेसले । काँग्रेसको परिभाषमा अरुले सरकार बनाएपछि अधिनायकबाद आउँछ । ०४८ मा काँग्रेसले बहुमत ल्यायो । हामीले एकमाना काँग्रेसको बहुमतले धान्दैन भनेका थियौँ, त्यही भयो । ३० हजार बामपन्थी कार्यकर्तामाथि काँग्रेसले मुद्धा लगायो ३ बर्षमा । गिरफ्तार नभएको कुनै नेता थिएनन् । २५–३० बर्ष त मै गिरफ्तार भएँ । सडकमा देख्नै नहुँने । १२२ जनालाई जनयुद्ध पनि सुरु नभई काँग्रेसले मार्यो । साइकल र्यालीमाथि गोलि चलायो अचानक । मानिसहरु ड्यामड्याम मारिए । यस्तो छ काँग्रेसको लोकतन्त्र ।

–अकारण गैरकाँग्रेस भएपछि जागिर खान नपाउने भयो । यो देशै खाने काँग्रेसको नीति अनुसार शिक्षक कर्मचारी वर्खास्ती गरियो । पार्लियामेन्टमा विद्येयक पास नगरी पास भयो भन्थे । त्यस्तो काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ पढाउँदैछ । बसेको ठाँउबाट उठ्न नसक्ने काँग्रेसले उडेको चरो समात्ने तिर लागेको छ । एजेण्डा, दृष्टिकोण र इस्यु छैन । 

–सवैले सुन्नेगरी भन्न चाहान्छु । पहिलो कुरा हामीले लामो संघर्ष, बलिदानीपुर्ण लडाईं लड्यौ र लोकतन्त्र ल्यायौँ । धेरै अंगभंग भएका छन् । अपाङ्ग छन् । धेरैका शरिरमा अझै गोली छन् । सर्वश्व लिलाम भएका छन् । ति पीडा र कष्टपुर्ण लडाईं लडेर ल्याएको लोकतन्त्रको हामीलाई माया छ । काँगेसले ल्गाएकोे लोकतन्त्रममा हामी झगडा गर्न गएका होइनौँ । 

–चुनौतीका साथ भन्न चाहान्छु– उहाँहरु र हाम्रो योगदान आउनुस तुलना गरौँ । नीतिमा तुलना गरौँ । लोकतन्त्रमा २ हजार मान्छेको सभा गर्ने ठाउ छैन । बौद्धिक र दक्ष जनशक्ति गर्ने अवस्था छैन । यसरी देश पछाडि परेको छ । ४६ सालपछि धेरैपटक काँग्रेसले सरकार बनायो तर, गर्यो के ?

–अरु मित्र राष्ट्रले दिएका उद्योगसमेत सवै आफु नै जान्ने भनेर नीजिकरण गर्यो जसले नेपाललाई आत्मनिर्भर बनाउन दिएन । छाला जुता, भृकुटी कागज कारखाना, इटा कारखाना कहाँ गए ? यहि यो उदारीकरण ? 

–कृषिमा खोला बगिरहेका छन् । यतिवर्षदेखि १०८ वर्ष नाघ्यो विजुली छैन ।

–शेरबहादुर देउवा, म र प्रचण्ड बसेर कुरा गर्न खोजेको पनि थियौँ । तर, सम्भव भएन ।  

–पुष्पलालका विचारले सम्बृद्धिमात्रै नभई सामाजिक न्यायसहितको सम्बृद्धि भनेको हो । छोटो समयमा पुष्पलालले असाधारण काम गर्नुभयो । २५ बर्षको उमेरमा पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । सामाजिक न्याय र समानता, वास्तविक सम्बृद्धिको विचार ल्याउनुभयो । सम्बृद्धि एक्लैले सुख प्रदान गर्न सक्दैन भन्ने पुष्पलालको बैचारिक श्रेष्ठता थियो ।

–पुष्पलालले वीपीलाई भेटेर निरंकुस राजतन्त्र ढाल्नुपर्यो भनेर प्रस्ताव गर्नुभयो तर, वीपी कोइरालाले राजनीति र अर्थतन्त्र हुन सक्दैन भन्ने जवाफ दिए । सारतत्वमा बास्तविक जनताले प्राप्त गर्ने उपलव्धि खासै फरक नपर्ने भिन्नता थियो । 

–पुष्पकमल दाहालले जुन भनाईहरु राख्नुभयो आजको सन्र्दभमा उहाँका प्रस्ट विचार आइसकेका छन् । मैले धेरै थपिरहनुपर्ने आवाश्यक्ता छैन । कम्युनिष्ट आन्दोलनको उत्तरचढाव अहिलेको राजनीतिक सन्दर्भमा सटिक प्रस्तुति दिनुभयो । 

–राष्ट्रियताको सवालमा जनताले ग्यास नपाउँदा, चुलो नवल्दा एक शव्द बोलेन, बोल्न सकेन काँग्रेस । बरु नक्कली राष्ट्रवादको कुरा कम्युनिष्टले गर्यो भनेर भन्यो तर, जनता झुक्किएनन् । त्यसवेला केही बुद्धिजीवीहरुले लेख पनि लेखे । तिनिहरुका घरपरिवारका सदस्यले के भने होलान् ? हामी अन्ध राष्ट्रवादको होइन, सामाजिक सद्भावसहितको राष्ट्रवादको कुरा गरेका हौँ । म उहाँहरुलाई बहस गरौँ त भन्दिन । यदि इच्छा गर्नुहुन्छ भने बहसका लागि आए हुन्छ, हामी तयार छौँ ।

–स्थिरता, स्थायित्व र शान्तिको पक्षमा छौँ हामी । काँग्रेसले रत्नपार्क, बसन्तपुर र न्युरोडमा गोलि हानेको होइन ? पार्लियामेन्टदेखि बाहिरसम्म, मेचिदेखि कालीसम्म अपराध गर्नुभएको हो । 

–म सवैले सुन्ने गरी नम्र भएर भन्छु । सरकार अल्झिनेवाला छैन । अघि बढ्छ । जनताले यो अवसर दिएको दिन पर्र्खन, काल पर्खन होइन । देशबाट गरिवी हटाउन, पछौटेपन हटाउन, स्वास्थ्य सम्मानजक अवस्थामा पुर्याउन जनताले अभिभारा दिएका हुन् ।

–राष्ट्रियतालाई कमजोर पार्ने नसोचे हुन्छ । खेल्न खोजिरहेका छन् पार्टीभित्र पनि । तर, यस्ता कुराले छुँदैन । यो हामीले बुझेका छौँ । हाम्रो आन्दोलनले ७० बर्ष पार गरेको छ । उत्तरचढावका, शान्तिका, लड्दाका सवै अनुभव छन् । हामी राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयासलाई अगाडि जान दिदैनौँ, देशलाई हिंशामा धकेल्ने, जनताको अधिकारमाथि खेलवाड गर्ने प्रयासलाई पनि अगाडि जान दिदैनौँ ।

–अव हाम्रो प्रयास कृषिलाई आधुनिकरण, व्यवसायकिकरण र कृषिलाई ठुलो उत्पादनमा आधारित रहन्छ । खनिजको अन्वेषण, उद्योगको स्थापना, राष्ट्रिय उद्योगको पुनस्थापना, आयात घटाउने, निर्यात बढाउने, लगानी रोजगारी उत्पादन बढाउने हिसावल सवै काम अगाडि बढाउछौँ । 

–१९५ वटा तुइन विस्तापित भैसके तर, केही बाँकी रहेका तुइनका फोटा खिचेर प्रचार गरिरहेका छन् । तुइन विस्तापन हुने भयो भन्ने चिन्ता छ यिनलाई । महाकालीमा रहेका ५ वटा तुइन विस्थापन गर्न भारतसँग कुरा भइरहेको छ । 

–जनकपुर, पोखराका होटल प्याक छन् । अलिपछि काठमाडौँमा पनि पाइदैन । अलि पछि एसिया प्यासिफिक समिट हँुदैछ । विश्वव्यापी सहभागिता हुँदैछ। जसमा विश्वका ५ सयजोडि उच्च तहका मानिस आउने छन् ।

–आर्थिक बृद्धिदर ८ प्रतिशत बनाउछाँै । तीन बर्षभित्र तिव्र आर्थिक बृद्धिदर भएको देश बनाउने नीति छ । १० प्रतिशत बढिको आर्थिक बृद्धिदरमा जादैछाँै । चीनमा आर्थिक बृद्धि १० प्रतिशत छ । त्यो भन्दा पनि बढि बनाउने हाम्रो प्रयास छ । यी प्रयास अल्मलिन दिदैनाँै । 

–अचम्म लाग्छ एउटा अनसनको मुद्दा बनायो । त्यो पनि गन्नुपर्छ यतिऔँ भनेर । के मुद्दा, के विषय ? किसिमकिसिमा मान्छे छन् । कोही गेरुवस्त्र लगाएका छन् । कोही ठाँडोचन्दन लाका छन् । अनौठा दृश्य देखिन्छन् । 

–सर्वोच्च निकायमा बसेकाहरु भन्छन्–किन तोड्न पाइँदैन, तोड्नुपर्छ भन्छन् । त्यसवेला के भन्नुभएको छ ? मसँग त उहाँले सटिफिकेट हेर्न आउनुभएको थिएन । मानवअधिकारको क्षेत्रभित्र अनसन पर्दैन । 
–हामीले वार्ता कमिटी बनाएको छौँ, उहाँहरु वार्ता गर्दिनँ भन्नुहुन्छ । म धेरै भन्न चाहान्नँ । कभर्ड हलमा बस्नुभयो, स्वास्थ्य विग्रियो भनेर ल्याउन खोज्दा हंगामा गर्ने ? 

–अनसन बस्ने डा.केसी, विमारी हुने केसी, उपचार गर्न दिन्नँ भन्ने अरु । मेडिकल एशोसिएशन अस्पतालमा उपचार गर्दिनँ भन्छ । यो गैरजिम्मेवारपन हो । सरकारको राजश्वबाट जागिर खाएका डाक्टरहरु हुलहज्जत गर्ने, उपचार नगर्न पाइन्छ ? यस्तै गैरकानुनी, अमानवीय त्यान्द्रा समातेर राजनीति गर्न काँग्रेसले खोजेकाले काँग्रेसप्रति दयाँ लागेर आउछ ।  

–अध्यादेशबारे प्रतिपक्षसँग कुरा गर्न तयार छौँ । विधेयक लैजान काँग्रेससँग कुरा गर्याँै । समान्य प्रकृयाबाट ल्याउनुस भन्यो । तर विरोधको सुचना दर्ता गर्यो । जिंदी र अहंकार छ । संसद बनायौँ, प्रणली बनायाँै के यो देखाउन मात्रै हो ।

–लोकेतन्त्रमा कानुन र तर्कसंगत ढंगले विधिबाट ठुला ठुला लडाई हुन्छन्  । म एउटा कुरा भन्न चाहान्छ,ु गोविन्द केसीलाई उपचार गर्न खोज्दा काँग्रेसले गर्न खोज्या के के तमासा हो ? 

–डा .केसीको स्वास्थ्य परिक्षण गर्दा के विग्रन्छ भनेर आत्तिनुभएको हो ? केसीको छेउमै जान दिँदैन । कस्तो सत्याग्रह हो यो ? यस्तै हुन्छ सत्ताग्रह ? विपी जाँच्न नदिने, रगत जाच्न नदिने ? त्यसकारण म के भन्न चाहान्छु भने नेपाललाई थितिमा हिँडाउ, ननइस्युमा अल्झिनुको साटो छाडौँ ।

–डा केसीलाई म भन्छु–स्वास्थ्य शिक्षामा के सुधार गर्न सकिन्छ गरौँ आउनुस, तपाईंलाई नै आयोगको अध्यक्ष बनाइदिन्छु । तर, यो गर्न खोजेको होइन उहाँले । 

–कतिपय मान्छेले केसीलाई राजनीतिको स्वार्थका लागि रोटि सेकिरहेका छन् ।

–आमा भनेर झ्याप्प अंगालो हाल्नेले नाकको फुलि लगेका छन् । यस्तै हुन नपाओस् डा.केसी ।

–अव पूँजिवादी देश पनि सग्लो पूँजिवादी रहेनन, आशिक हिसावले पनि राजनीतिक हिसावले पनि । हिजोका सोचले अव चल्दैन । अत्यनतै जिम्मेवारी र सजकताका साथ हामी अघि बढ्छौँ यो हाम्रो प्रतिवद्धता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप