प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं-छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।
दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओली आज बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त छन् ।
आजै उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी भएका छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन् ।
लगत्तै नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपतिको संकेत
बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर हुँदा देखिएका १० तस्विर
विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षरपछि प्रधानमन्त्रीको यस्तो सम्बोधन
प्रधानमन्त्रीको चीन भ्रमणः सरकारी र निजी कम्पनीबीच आठ परियोजनामा हस्ताक्षर
बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले के भने ?
जलविद्युतमा चिनियाँ चासो, करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी
प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङ अवतरण गरेलगत्तै जे देखियो (फोटोफिचर)
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा किन परेन ‘लिपुलेक’को एजेन्डा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
-
ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन
-
धवल शमशेरको बयान : कार्यक्रम आयोजक दुर्गा प्रसाईं हुन्, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन
-
गणतन्त्र ल्याउन सैनिक हिरासतमा ६ महिना बिताएको हुँ : दुर्गा प्रसाईँ
-
भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
-
एकता बाँकी नै हुँदा माओवादी प्रवेश गर्न थाले नेसपाका नेता कार्यकर्ता