बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देवकोटाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आर्यघाट लगियो

मङ्गलबार, ०५ असार २०७५, ०७ : ००
मङ्गलबार, ०५ असार २०७५

काठमाडौँ । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ । 

सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।

लामो समय चिकित्सा क्षेत्रमा बिताउनुभएका डा।देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । 

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा। देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । 


उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ । 

न्यूरो अस्पतालमा डा. देवकोटालाई श्रद्धाञ्जली (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप