देवकोटाको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि आर्यघाट लगियो
मङ्गलबार, ०५ असार २०७५, ०७ : ००
काठमाडौँ । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ ।
सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।
लामो समय चिकित्सा क्षेत्रमा बिताउनुभएका डा।देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा। देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।
न्यूरो अस्पतालमा डा. देवकोटालाई श्रद्धाञ्जली (फोटोफिचर)










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण