शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूरो अस्पतालमा डा. देवकोटालाई श्रद्धाञ्जली (फोटोफिचर)

मङ्गलबार, ०५ असार २०७५, ०८ : ५७
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । 

डा. देबकोटाको पार्थिब शरीर विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ। त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ । डा. देवकोटाको  विद्युतीय माध्यमबाट शवदाह गरिने बताइएको छ ।

क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । 

श्रद्धान्जली दिन पुगेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा आफू निकै दुखी भएको प्रतिक्रिया दिए । १० बर्षदेखि १८ बर्षसम्म एउटै कालखण्डमा सँगै अध्ययन गरेको बाल्यकालदेखि किशोर अवस्थासम्म निकै तिता मिठो कुरा भए पनि जेहेन्दार विद्यार्थीमा देवकोटा सधै पर्ने गरेको भट्टराइले स्मरण गरे । 'उपेन्द्रजस्तो ब्यक्तिको साथी भन्न पाउँदा निकै गर्व भएको छ ।' उनले भने, 'हजारौंको ज्यान बचाए तर आज उनी आफै गए । देशले शोक मनाईरहँदा आज म निकै दुखी भएको छु ।'

डा. देवकोटालाई रुद्धान्जली दिन सोमबार साँझदेखि नै अस्पताल परिसरमा सर्वसाधारण तथा शुभेच्छुकहरुको भिड लागेको थियो । 

निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु सोमबार साँझ श्रद्धान्जली दिनका लागि न्यूरो अस्पताल पुगेका थिए । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नारायण काजी श्रेष्ठ, गीरीराजमणी पोखरेल, बामदेब गौतम, ममधव कुमार नेपाल लगायत नेता श्रद्धान्जली दिनका लागि अस्पताल पुगेका थिए ।

देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने भएको छ ।

डा. देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो। पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको थियो ।

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप