एकीकृत पार्टीका लागि तत्कालीन माओवादीका ८४ केन्द्रीय सदस्य तय (सूचि), ११६ को खोजी
आइतबार, ०६ जेठ २०७५, ११ : ५७
काठमाडौं-एमालेसँग एकता हुँदा तत्कालीन माओवादीको केन्द्रको भागमा २०० केन्द्रीय सदस्य परेका छन् ।
ती मध्ये ८४ जना तय भएका छन् ।
माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य हुनेछन् ।
त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।
तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।
तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै
एमालले भने केन्द्रीय सदस्यमा आउने नयाँ ४५ जनाको नाम टुंगाईसकेको छ ।
दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।
नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।
तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ ।
एमालेले ४५ र माओवादीले ११६ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण