मोदीको सम्बोधनः अर्को पटक आउँदा बुद्धको जन्मभूमि लुम्बिनी जान्छु
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने इच्छा देखाएका छन् । उनले दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ। यो पटक मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन । भारत र नेपालको अटुट सम्बन्धको उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहर हो । ’
भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् ।
मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन, ५५ किलोको बुद्धको मुर्ति उपहार (फाेटाेफिचर)
नेपालीमा सम्बोधन सुरु गरेका मोदीले आफूलाई नागरिक अभिनन्दन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद समेत थिए ।
उनले नेपालीमा भने, ‘राष्ट्रिय सभा गृहमा तपाईहरुलाई पनि अभिनन्दन गर्दछु । मलाई अभिनन्दन गर्नुभयो । म आभारी छु । यो मेरो मात्र हाेइन पुरै भारतको सम्मान हो ।’
नेपाल र भारतबीचको आफ्नै खालको सम्बन्ध रहेको भन्दै मोदीले आफूले पनि अभिनन्दित भएर सौभाग्य पाएको बताए । जहिले पनि नेपाल आउँदा आफूलाई आत्मीयताको अनुभूति हुने माेदीले बताए ।
आजको दिनमा जनकपुरले निकै ठुलो सन्देश दिने भन्दै मोदीले काठमाडौंको पनि आफ्नै छबी रहेको बताए । ‘ त्यो शहरको होइन । त्यो भौगोलिक उपत्यकाको मात्र पनि होइन । हाम्रो छिमेकी राजधानी मात्र भनेर होइन । बुद्ध र सगरमाथाको राजधानी भएर पनि होइन । काठमाडौ एउटा पुरापुरी दुनियाँ हो । त्यसको त्यति नै पुरानो इतिहास छ जति पुरानो इतिहास हिमालको छ ।’, काठमाडाैकाे बयान गर्दै उनले भने ।
काठमाडौंमा काठको मण्डप मात्र नभइ साझा समझदारीको विविधताको विरासत र त्यसको ठुलो मनको झलक भेटिने उनको भनाई छ ।
मोदीले भने, ‘ नागार्जुनको जंगल होस् अथवा शिवपुरी अथवा वागमतीको मन्जुश्रीको गुफा किन नहोस् । दुनियामा आफैमा अनौठो छ । घरहरुको छतबाट एकातर्फ धौलागिरी र अर्कोतिर सगरमाथा र कन्चनगंगा देखिन्छ । यस्तो कहाँ सम्भव छ ? त्यो सम्भव छ भने मात्र काठमाडौंमा मात्र छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु