मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन, ५५ किलोको बुद्धको मुर्ति उपहार (फाेटाेफिचर)

शनिबार, २९ वैशाख २०७५, १५ : ५५
शनिबार, २९ वैशाख २०७५

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।  शनिबार राष्ट्रिय सभागृहमा आयोजित  विशेष कार्यक्रममार्फत काठमडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरे । 
सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो । 

 

काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि  सम्बोधन  गर्दै मोदीले    बुद्धको जन्मभूमि  लुम्बिनी  पुग्ने इच्छा  देखाए । उनले  दुई पटकको नेपाल यात्राका क्रममा   पवित्र धार्मिकस्थल  पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर  बुद्धको जन्मभूमि लुम्बिनी जाने बताए । 

उनले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ।  यो पटक  मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो  महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन  ।  भारत र नेपालको अटुट सम्बन्धको  उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहर हो  । ’

भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् । 

नेपालीमा सम्बोधन सुरु गरेका मोदीले आफूलाई नागरिक अभिनन्दन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद समेत थिए । 

उनले नेपालीमा भने, ‘राष्ट्रिय सभा गृहमा तपाईहरुलाई पनि अभिनन्दन गर्दछु । मलाई अभिनन्दन गर्नुभयो । म आभारी छु । यो मेरो मात्र हाेइन पुरै भारतको सम्मान हो ।’

नेपाल र भारतबीचको  आफ्नै खालको सम्बन्ध रहेको भन्दै मोदीले  आफूले पनि अभिनन्दित भएर सौभाग्य पाएको बताए ।   जहिले पनि नेपाल आउँदा आफूलाई आत्मीयताको अनुभूति हुने माेदीले बताए । 
 

आजको दिनमा जनकपुरले निकै ठुलो सन्देश दिने भन्दै मोदीले  काठमाडौंको पनि आफ्नै छबी रहेको बताए । ‘ त्यो शहरको होइन । त्यो भौगोलिक उपत्यकाको मात्र पनि  होइन  । हाम्रो छिमेकी राजधानी मात्र भनेर होइन  । बुद्ध र सगरमाथाको  राजधानी भएर पनि  होइन  । काठमाडौ एउटा पुरापुरी दुनियाँ हो  । त्यसको त्यति नै पुरानो इतिहास छ जति पुरानो इतिहास हिमालको छ ।’,  काठमाडाैकाे बयान गर्दै उनले भने । 

काठमाडौंमा काठको मण्डप मात्र नभइ साझा समझदारीको विविधताको विरासत र त्यसको ठुलो मनको झलक भेटिने उनको भनाई छ । 

मोदीले भने, ‘ नागार्जुनको जंगल  होस् अथवा शिवपुरी अथवा वागमतीको मन्जुश्रीको गुफा किन नहोस् ।  दुनियामा आफैमा अनौठो छ । घरहरुको छतबाट एकातर्फ धौलागिरी र अर्कोतिर सगरमाथा र  कन्चनगंगा देखिन्छ । यस्तो कहाँ सम्भव छ ? त्यो सम्भव छ भने मात्र काठमाडौंमा मात्र छ ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप