शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्दै जानुहोला तपाईंहरुले थाहा नपाएको दिन पार्टी एकता हुन्छ : प्रचण्ड

आइतबार, ०९ वैशाख २०७५, १६ : ५०
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   हल्ला गरेर पार्टी एकता नहुने बताएका छन् । 

आफूहरुले बैशाख ९ गते पार्टी एकता  गर्ने औपचारिक निर्णय नगरेको नभएपनि मिडियाले टुंगो  लागिसकेको जसरी प्रचारमा ल्याएको बताए । 

‘आज अर्थात बैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय गरेका थिएनौं।  वाम कार्यदलले   सुझाव दिएको मात्रै हो’,  प्रचण्डले भने, ‘बाहिर हल्ला गरेपछि हामीबीच   त्यो दिन हुँदैन भन्ने पहिले नै कुरा भइसकेको थियो ।     अब नभनेको दिन  एकता हुन्छ ।   

 विगतमा वाम तालमेल, एकता  गर्नेलगायतका सम्झौता गरेर सबैलाई सरप्राइज दिइएको भन्दै प्रचण्डले अब एकताको घोषणा पनि सरप्राइज हुने बताए । 

प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने छुट कहिँ कतैपनि पनि नभएको भन्दै उम्कन नसक्ने गरी जनता, कार्यकर्ता र विश्वको पनि घेरा रहेको बताए । 

एकताको सन्दर्भमा एमाले अध्यक्ष केपी  ओली र आफूले कतिपनि दायाँ गरेको खण्डमा कसैले छुट नदिने भन्दैे एकताको प्रक्रिया बिग्रन नलागेको बरु बरु परिपक्क  ढंगले  गर्न नलागेको उनको भनाई थियो । 

प्रचण्डले  यस्तो बताएका हुन् । प्रचण्डको सम्बेधनका मुख्य बुँदा 

–यो कार्यक्रम देशमा सुसाशन र सम्बृद्धिको कडी पनि हो । कार्यक्रममा केही प्राविधिक त्रुटि भयो, यसबाट हामीले सिक्नुपर्छ ।

–हामी पार्टी एकताको गृहकार्यमा लागेकाले कार्यक्रमको व्यवस्थापन पक्षमा ध्यान दिन सकेनौं र त्रुटि देखियो । 

–यो विषय संवेदनशील विषय पनि हो । पार्टी एकताको अन्तिम तयारीमा रहेका वेला आज भएको कमजोरीले पार्टी एकता गरेरै जाने संकल्प गर्न बाध्य बनायो ।

–कम्युनिष्ट आन्दोलन ठुलो बैचारिक र न्यायपुर्ण आन्दोलन हो । यसका विचार, बहस बिश्वव्यापी छ । नेपालको कम्युनिष्ट आन्दोलन विश्वव्यापी कम्युनिष्ट आन्दोलनबाट अछुतो रहने कुरा भएन । 

–सोभियत संघ र चीनको कम्युनिष्ट आन्दोलनको विवादको असर नेपालमा परेको छ ।

–नेपालको सामाजिक रुपान्तरण, न्यायका लागि शान्तिपुर्ण आन्दोलन र जनयुद्धको माध्यमबाट हामीले जमर्को गरिरहेका छौ ।

–पार्टी एकीकरणको अन्तिम चरणमा छौ, त्यसका लागि हामी नयाँ केन्द्रीय समिति बनाउने अन्तिम प्रयासमा छौ ।

–हामी जनयुद्धलाई शान्तिमा परिणत गर्ने, सम्बृद्ध नेपाल निर्माण गर्ने विषयमा एमाले र माओवादीबीच नै सवैभन्दा बढि छलफल भएको हो ।

–यदि त्यसो नभएको भए १२ बुदे समझदारी हुँदैन थियो े । १२ बुदे समझदारी नभएको भए जनआन्दोलन हुदैनथियो । त्यसपछि मत्रै संविधान र गणतन्त्र स्थापना भयो । 

–धेरै अप्ठ्यारा र चुनौतिबाट गुज्रेर आएका हौ , ति चनौतिबाट गुज्रदै आउँदा नयाँ संविधान बनाउन एमाले र माओवादीको पहलपछि कांग्रेसलाई सहमतिमा ल्याएका हौ ।

–जटिल र चुनौतिपुर्ण विषयको सामना गरेर नै हामीले संविधान निर्माण गर्यौ । 
फेरी यो संविधान कार्यन्वयन फेरि अर्को चुनौति थियो । तराइ, हिमाल पहाड सवैलाई समेटेर देशलाई एकताबद्ध पार्न जुन विवेक र धैर्यता देखाएकाले तीनवटै निर्वाचन गरेर यहाँसम्म आइपुगेका हौ ।

–अव देशमा स्थिरता, विकास र सम्बृद्धि चाहिन्छ । जनता विकास र सम्बृद्धिबाट बन्चित भएको अवस्था छ । राजनीतिक अदुरदर्शीताका कारण यो सवै भएको हो ।

–देशमा सवैको सहभागितामा सामाजवादी नेपाल निर्माण गर्ने उदेश्य हो । धेरै पहिलेदेखि नै पार्टी एकता गर्ने चर्चा चलेको पनि हो ।

–कमरेड मदन भण्डारीकै पालमा पनि म र मदन भण्डारीबीच पार्टी एकताका लागि बहस भएको हो । 

–त्यसपछि माधव नेपाल महासचिव हुँदा पनि हाम्रो विचमा संविधानसभा निर्वाचन लगायतका विषयमा धेरै छलफल भएका हुन् । तर, त्यसवेला परिपक्क भैनसकेकाले पुर्णता दिन सकिएन । 

–स्थिरता, विकास र सम्बृद्धिका लागि सवैभन्दा बढि मलाई चिन्ता थियो र केपी ओलीबीच चुनाव अघि गम्भिर छलफल भयो ।

–सूरुमा त चुनावी तालमेल मात्रै गर्ने कि भनेर पनि छलफल भयो, तर त्यसलेमात्र कम्युनिष्ट आन्दोलन पुरा हुदैन, जनताको सम्बृद्धि हुदैन भनेर पार्टी एकता नै गर्ने निर्णय गरेका हौ । शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र राजनीतिक स्थिरता विकास र सम्बृद्धि गर्नुपर्ने हाम्रो दायित्व भनेर हामीले यहि भवनबाट घोषणा गरेका हौ । अव हामी सवैको गन्तव्य समाजवाद नै हो भन्नेमा हामी सहमत छौ । अव हामीमाथि झन् धेरै जिम्मेवारी बढेको छ , त्यहि भएर नेपाली जनताको हामीमाथि भरोसा छ । 

–अव हामीलाई केही गरेपनि छुट छैन पार्टी एकताबाट भाग्न ।

–हामीले अलिकति पनि दायाँबायाँ गर्यौ भने जनताले छाड्दैनन । हामी परिपक्क ढंगले एकता गर्ने प्रायासमा लागेका छौ । 

–बैचारिक, राजनीतिक र सांगठानिक रुपमा हिजोमात्रै दुई अध्यक्षवीचमा एउटा मोडालिटिमा सहमति भएको छ । सम्मानजनक ढंगले एकता गर्ने , समानता र न्यायोचित हिसावले बुद्धिमता पुर्वक मोडालिटि तयार भएपछि आजको यो कार्यक्रममा प्रसतुत गर्ने पक्षमा थियो । असोज १७ मा पनि हामीले धेरै होहल्ला गरेका थिएनौ । कतिलाई त्यो विषय सरपराइज पनि भयो । तर, त्यसो नगरेको भए यति काम हुदैनथियो 

–हामीले बैशाख ९ मा नै पार्टी एकता गर्ने सहमति गरेका थिएनौ । तर, त्यहि दिन हुन्छ भनेर होहल्ला भयो । यहाँ धेरै तागत छन् विगार्ने । त्यसकारण जुन दिन भनिन्छ त्यो दिन एकता हुदैन । जुन दिन हुदैन भनिन्छ त्यहि दिन ड्याम्म हुन्छ । 

–कमा,फुलिष्टपमा झगडा हिँडेका हौ हामी, तर फेरि शिक्षा लिदै अगाडि बड्नुपर्छ भन्दै अघि बढ्यौ र निवा्र्रचनको मुखमा पार्टी एकता समिति निर्माण गर्यौ ।

–बोल्दै नबोल्ने, हेर्दै नहेर्ने विचका साथीहरु एकै ठाउमा बस्ने भए । एउटा संघर्षमा होमिएर आत्मीय भएर अहिले निस्केका छौ ।

–पार्टी एकता ठुलो कुरा हो ठुलो भएकैले धेरैको ध्यान छ । सक्लान त भन्छन् ।

–मैले बैठकमा एउटा भने अर्कै आयो बाहिर । माओवादीलाई पनि उचालेका छन् एमालेलाई पनि । ठुलो पार्टी हुँदाको अनुभव पनि छ हामीलाइ । २०६४ ठुलो भयौ ७० मा जनताले पछारे ।

–हामीले एक अर्कालाई सम्मान गर्नेपर्छ । जनयुद्धमा जान सम्भव छैन । सवै कम्युनिष्टलाई एकीकृत गर्दै जान्छौ ।

–सत्तापक्ष भएपनि प्रतिपक्षलाई पनि समेटेर अघि बढ्छौ । 

–एमालेले माओवादी र माओवादीले एमालेका कार्यकर्ताको भावना बुझ्न सकिएन भने यो ऐतिहासिक काम गर्न कठिन छ । 

–पार्टी एकतालाई विगार्ने हैन, बलियो बनाउनेतर्फ लाग्नुपर्छ । सामुहिक प्रयासबाट ऐतिहासिक जिम्मेवारीमा छौ त्यसका लागि आजको लेनिन दिवसका दिन समाजवाद उन्मुख राज्यको परिकल्पना गर्दै अघि

जाऔं । 

–तपाईहरुले हेर्दै जानुहोला तपाईँहरुले थाहा नपाएको दिन पार्टी एकता घोषणा गरिन्छ ।

एमाले– माओवादीको संयुक्त कार्यक्रममा प्रचण्ड : पार्टी  एकता गर्ने  अन्तिम तयारीमा छौं

ब्यानर विवाद हल भयो

मार्क्सवाद र लेलिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली

मार्क्सवाद र लेलिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप