बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मार्क्सवाद र लेनिनवादको विरोध गर्नु गुलाबको फूल नदेख्नेले मन पर्दैन भनेजस्तोः ओली

आइतबार, ०९ वैशाख २०७५, १७ : २९
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवाद र लेनिनवादको विरोध गर्नु भनेको गुलाबको फूल कहिल्यै नदेख्नेले गुलाबको फूलै मन पर्दैन भनेजस्तो हुने बताएका छन् । 

माक्र्सवाद र लेनिनवादको ज्ञान नभएकाहरुले  बुझ्दै नबुझी विरोध गर्ने गरेको प्रति व्यंग्य गर्दै ओलीले भने, ‘ कतिपयले भन्ने गर्छन्,  माक्र्सवाद लेनिनवाद मन पर्दैन । गुलावको फूल कहिल्यै नदेख्नेले गुलावको फूल पर्दन भने जस्तै हो यो । जसले रसबरी कहिल्यै  खाएको छैन उसले रसबरी मन पर्दैन भन्नुको अर्थ के हुन्छ ?’

आजको दिन लेनिनको जन्मजयन्ती  समेत भएको   स्मरण गर्दै ओलीले  भने, ‘जसले देश विदेशमा ठूलो परिवर्तन गर्यो ।  विश्व राजनीतिक व्यवस्था र अर्थतन्त्रमा परिवर्तन ल्यायो । उहाँको जन्मदिन जन्मदिनको अवसरमा आदरभावका साथ सद्दासुमन अर्पण गर्दछु ।’

ओलीले ज्ञान भएकाहरुले माक्र्सबारे आदरभाव प्रकट गरेपनि अज्ञानीहरुले कडा आलोचना गर्ने गरेको समेत  टिप्पणी गरे । 

‘इश्वरबारे तपाइँको धारणा के भन्दा आइन्सटाइना मैले इश्वर देखेको छैन  । थाहा पनि छैन   । यदी इश्वर हुन्छ भने काल्र्समाक्सलाई खोज्न लगाउने कि भनेर भन्थे रे’ उनले ठट्यौली शैलीमा अगाडि भने, ‘  आइन्सटाइनले पढेका थिए, काल्र्समाक्सबारे थाहा पाए  । नपढेकाले थाहा पाएनन् । नपढेकाले मान्दिन भन्छन् ।’

उनले लेखिन र माक्सवादको सिद्दान्तहरु व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ २००६ सालमा  नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको पनि बताए ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप