शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मालिन्डो एयरको विमान धावनमार्गबाट चिप्लियो, विमानस्थल बन्द

बिहीबार, ०६ वैशाख २०७५, ०३ : ००
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौँ - मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट मलेसियाको क्वाललम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।
 
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए ।

घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले बताए । 

उनीहरुको सकुशल उद्दार गरिएको छ ।

विमानले ९ बजेर ४५ मिनेट जाँदा विमानस्थलबाट उडान भर्नुपर्ने थियो । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नहटाई धावनमार्ग खुल्ने अवस्था नभएको बताए ।

जहाजको अघिल्लो पांग्रा जमिनमा भासिएपछि रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएकाे छ ।

अवतरणको तयारीमा रहेका जहाजहरुलाई कोलकाता र दिल्ली  डाइभर्ट गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको छ । यसअघि बंगला एयरको जहाज अवतरणको क्रममा रनवेभन्दा बाहिर पुगेर दुर्घटना हुँदा ५० यात्रुको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप