विमान दुर्घटनामा ४९ को मृत्यु २२ घाइते
सोमबार, २८ फागुन २०७४, १७ : ३२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको नेपाली प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४० जनाको शव फेला परेको थियाे भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण