बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पण्डितमाथि कर्मचारीको दबाब, स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी

मङ्गलबार, २० चैत २०७४, ११ : २६
मङ्गलबार, २० चैत २०७४

काठमाडौं–निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले  स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ ।

यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेश्छिक अवकास रोक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले दबाबको राजनीति थालेका हुन् । 

कर्मचारीलाई सरकार र ‘छाया’ सरकारको भिन्दाभिन्दै निर्देशन, अब के हुन्छ ?

‘ऐन÷कानुन विपरित निर्णय भएमा अन्य आबश्यक कार्यक्रममार्फत अगाढि बढ्न आधिकारिक टे«ेड यूनियन बाध्य हुने कुरा यसै ध्यानाकर्षण पत्रमार्फत अनुरोध गर्दछौँ ।’ पत्रमा भनिएको छ । 

स्वेच्छिक अवकास रोक्न आउन सक्छन् यस्ता चुनौती

सरकारले स्वेश्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले स्वेश्छिक अवकासका लागि निवेदन दिएका थिए ।

उनीहरुको निवेदनमाथि मन्त्रालयको काम अगाडि बढाईरहेका बेला ओली नेतृत्वको सरकारले स्वेश्छिक अवकास रोक्ने संकेत गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप