मन्त्री पण्डितमाथि कर्मचारीको दबाब, स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी
काठमाडौं–निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ ।
यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।
प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेश्छिक अवकास रोक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले दबाबको राजनीति थालेका हुन् ।
कर्मचारीलाई सरकार र ‘छाया’ सरकारको भिन्दाभिन्दै निर्देशन, अब के हुन्छ ?
‘ऐन÷कानुन विपरित निर्णय भएमा अन्य आबश्यक कार्यक्रममार्फत अगाढि बढ्न आधिकारिक टे«ेड यूनियन बाध्य हुने कुरा यसै ध्यानाकर्षण पत्रमार्फत अनुरोध गर्दछौँ ।’ पत्रमा भनिएको छ ।
स्वेच्छिक अवकास रोक्न आउन सक्छन् यस्ता चुनौती
सरकारले स्वेश्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले स्वेश्छिक अवकासका लागि निवेदन दिएका थिए ।
उनीहरुको निवेदनमाथि मन्त्रालयको काम अगाडि बढाईरहेका बेला ओली नेतृत्वको सरकारले स्वेश्छिक अवकास रोक्ने संकेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण