मेयरमाथि गोली प्रहार : कारवाही गर्ने विप्लव पार्टीको यस्तो थियो विज्ञप्ती
काठमाडौं-नेकपा माओवादीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो ।
राजीनामा नगरे कारवाही गर्ने विज्ञप्तीमा थियो ।
के यो घटना विप्लवको पार्टीबाट भएको हो ?
घटनापछि सो पार्टीले केही जिम्मेवारी लिएको छैन् ।
दुई सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको थियो ।
सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको नेकपाको कैलाली पार्टी कमिटिले विज्ञप्ती जारी गरेको थियो ।
चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टाउँकोमा खुकुरी प्रहार र कम्मरमूनि गोली लागेको कैलालीका एसपी विनोद घिमिरेले बताए ।
घाइतेको अबस्था सामन्य नै छ ।आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको थियो ।
अहिले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण