शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई ‘दवाव’ मा राख्न छाया सरकार बनाउने यस्तो छ कांग्रेसको तयारी

शनिबार, १२ फागुन २०७४, १४ : ०४
शनिबार, १२ फागुन २०७४

काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छाया सरकार बनाउने तयारी गरेको छ । 

सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो । 

कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ ।  कांग्रेस संसदीय दलको बैठक सिंह दरबारमा चलिरहेको छ । 

 संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए । 

 छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता थापाले जानकारी दिए । 

अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भुमिका निर्वाह गर्ने बताए । 

नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो ।
यसअघि  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका थिए । 
शुक्रबार  पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका थिए । 

उनले भनेका थिए, ‘हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’
 
वाम गठबन्धनको बहुमतको सरकार रहेको अवस्थामा  दवावमा राख्नको लागि कांग्रेस र नयाँ शक्तिले छाया सरकारको अवधारणा ल्याएको बुझिएको छ । 

छाया सरकार चलाउने बाबुरामको घोषणा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप