शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छायाँ सरकार चलाउने बाबुरामको घोषणा

शुक्रबार, ११ फागुन २०७४, १९ : ३३
शुक्रबार, ११ फागुन २०७४

लुम्बिनी– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका छन् ।  पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त कुरा बताएका हुन् । 

उनले समृद्धिको नारा नयाँ शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानैमा जोड दिए । समृद्धि हाम्रो नारा हो तर, हाम्रै नेतृत्वमा कार्यान्वयनको अवस्था अहिले रहेन, उनले भने, हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं । भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचारचाहि गाउँगाउँमा पुगिरहेको दाबी गरे ।

 हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो, उनले भने, तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ । उनले नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने बताए । फागुन ९ बाट लुम्बिनीमा सुरु भएको उक्त पार्टीको संघीय परिषद्को चौथो विस्तारित बैठक शनिबार सम्पन्न हुनेछ । बैठकले १५ जनाको विज्ञ परिषद, ३५ जनाको संरक्षक समिति र १०१ जनाको कार्यकारी समिति बनाउने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप