सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताका लागि गठित २ कार्यदलमा को को छन् ?

मङ्गलबार, ०८ फागुन २०७४, १० : ०६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं-एमाले र माओवादीले पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएका छन् । 

हिजो भएको सहमतिमा कार्यदलको नाम भने थिएन ।

रातोपाटीलाई प्राप्त सूचना अनुसार प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको थियो । 

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   

थप समाचार

वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा जुट्यो यस्तो सहमति

एमाले र माओवादीबीच ७ बुँदे सहमति, के छ सहमतिपत्रमा ?

संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ । 

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।  

उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।  बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो  प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप