पार्टी एकताका लागि गठित २ कार्यदलमा को को छन् ?
काठमाडौं-एमाले र माओवादीले पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएका छन् ।
हिजो भएको सहमतिमा कार्यदलको नाम भने थिएन ।
रातोपाटीलाई प्राप्त सूचना अनुसार प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।
संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।
थप समाचार
वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा जुट्यो यस्तो सहमति
एमाले र माओवादीबीच ७ बुँदे सहमति, के छ सहमतिपत्रमा ?
संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।
पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।
उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ । बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण