सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई ठूला कर्पोरेट मालिकको लडाइँ : कैलाश र अजयराज सुमार्गीबीचको लेनदेन विवाद अदालत पुग्यो

आइतबार, २३ पुस २०७४, १४ : १७
आइतबार, २३ पुस २०७४

काठमाडौं– दुई कर्पोरेट मालिकबीचको लेनदेन विवाद अदालतसम्म पुगेको छ । कान्तिपुरका कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित काठमाडाैं जिल्ला अदालतमा व्यापारी अजयराज सुमार्गी पराजुलीले गाली बेइज्जति मुद्दा दायर गरेका छन् । 

सुमार्गीका कानुनी सल्लाहकार मोहन पोखरेलका अनुसार २५ करोड माग दावीसहित आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो । मुद्दा वारेसनामा मार्फत दर्ता गरिएको पोखरेलले बताए ।

यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेका थिए । त्यसलगत्तै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए । 

आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्धाले ठुलै चर्चा पाएको थियो ।  

उक्त निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले दाबी गरेका थिए ।

२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी  जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले दाबी गरेका छन् ।
 

घरजग्गा बिबादले दुई कर्पोरेट 'साहुजी' सुमार्गी र सिरोहियाको युद्ध !

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप