बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घरजग्गा बिबादले दुई कर्पोरेट 'साहुजी' सुमार्गी र सिरोहियाको युद्ध !

बुधबार, १२ पुस २०७४, १८ : ५१
बुधबार, १२ पुस २०७४

काठमाडौँ । विवादीत व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका छन् ।

आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका अजयराज सुमार्गी पराजुलीले प्रशासन समक्ष सुरक्षाको माग गरेका हुन् ।

निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफू विरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले उल्लेख गरेका छन् ।

२०७० साल असार १६ गते सिरोहियाकै अनरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी  जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेको, त्यसपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले उल्लेख गरेका छन् ।

 सुमार्गीले निवेदनमा भनेका छन्  –‘जग्गा पुनः मैले सोही मूल्यमा फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले आर्थिक सौदावाजी गर्दै निजले भने बमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो ।’

त्यसपछि सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक,कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू विरुद्ध कपोलकल्पित र आधारहीन समाचार संप्रेषण गराएको सुमार्गीको निवेदनमा उल्लेख छ । 

कान्तिपुर दैनिकमा पुष ९ गते प्रकाशित सुमार्गीको २२ अर्ब रकम अबैध भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको निवेदनमा उल्लेख छ

। पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको सुमार्गीको गुनासो छ ।

सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसर काठमाडौंँमा आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप