विमलेन्द्रलाई जेलबाट ‘टक्ला’ को आर्शीवाद !
काठमाडौं –नेपाली राजनीतिमा विगत एक महिनादेखि अनौठा–अनौठा गतिविधि भईरहेका छन्, जुन कतिपय कल्पनाभन्दा बाहिरका देखिन्छन् ।
भनिन्छ, राजनीतिकमा सबै कुरा जायज हुन्छन् । र, अहिले त्यहीँ भइरहेको जस्तो देखिन्छ । राजनीतिमा फेरि अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । मुख्य दुश्मन सिध्धाउन, दुश्मनको पनि दुष्मनसँग दोस्ती हुन्छ । अहिले एक अर्काको अर्काको राजनीतिक दुश्मन रहेका विमलेन्द्र निधि र संजय साह (टकला) एक भएका छन् । यो धनुषाको राजनीतिकमा आएको उथलपुथल नै हो ।
धनुषामा विमलेन्द्र निधि र संजय साहबीच यस्तो जातीय दुश्मनी थियो कि, उनीहरुका कार्यकर्ता पटक–पटक आमने–सामुने भएका छन् । एक अर्कालाई सिध्याउनेसम्मको अवस्था आएको थियो । तर, यो चुनावले यी दुईलाई नाटकीय रुपमा नजिक बनाएको छ । र, भनौँ मिलाइदिएको छ ।
जेलमा रहेका संजय साहले आफ्ना श्रीमती रंगिला साहलाई नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका विरुद्धमा उम्मेदवारी दिलाउने तयारी गरेका थिए । त्यसका लागि सबै तयारी पूरा भइसकेको थियो । वाम गठबन्धनले पनि सघाउने सहमति पनि भइसकेको थियो । तर, राजेन्द्र महतोले त्यहीँ क्षेत्रबाट चुनाव लड्ने भएपछि संजयले आफ्ना श्रीमती ‘ब्याक’ गरे ।
राजेन्द्र महतो धनुषा ३ नम्बरमा नआएको भए रंगिलालाई चुनाव जित्न सजिलो थियो । तर, महतो आइसकेपछि संजयले गाह्रो देखे । अनि श्रीमति रंगीलालाई ‘ब्याक’ गरे ।
पहिलादेखि पनि संजय र राजेन्द्र महतोबीच सम्बन्ध राम्रो थिएन । तर, यो चुनावमा पनि संजयको क्षेत्र नछाडेपछि उनी बाध्य भएर विमलेन्द्र निधिसँग हात मिलाउन गएको राजनीतिक वृतमा मानिएको छ । अर्थात वर्षौदेखिको विमलेन्द र संजयको दुश्मनीलाई मिलाउने काम राजेन्द्र महतोको आगमन गरिदियो ।
धनुषाको क्षेत्र नम्बर तीनमा संजय साहको मतलाई निर्णायक मत मानिन्छ । उनीसँग रहेका मतलाई उनले ‘होल्ड’ नै गरेका छन् । यतिसम्मको स्थानीय तहको चुनावमा रातोपाटीको टीमले जनकपुर पग्दा संजयको साथ जसलाई उसैको जित सम्भव छ भनेर समाचार लखेको थियो । नभन्दै संजयको सहयोगमा यहाँको उपमहानगरपालिकामा राजपाले जित निकाल्यो । यसको मूल खेलाडी थिए संजय ।
जनपुरमा यो भनिन्छ, संजयको मत जता जान्छ उ जित्ने निश्चित हुन्छ । यो कुरा निधिजस्ता चतुर राजनीतिक खेलाडीले नबुझ्ने कुरै भएन । त्यही भएर विमलेन्द्र निधिले आफै जेलमा रहेका संजय साहलाई सम्पर्क गरेका छन् । कात्तिक १५ गते निधि र साहबीच फोनमा कुराकानी भएको स्रोतले बताएको छ । संजयका एक सहयोगीले दुई नेतावीच संवाद भएको पुष्टी गरे ।
डिल्लीबजार करागार स्रोतका अनुसार नेताले निधिले फोन गरि चुनावमा सहयोग गर्न आग्रह गरेका छन् । विगतका तीता मिठा कुरालाई विर्सेर यी दुई नेताले एक अर्कालाई सहयोग गर्ने सहमति पनि गरेको सूत्रको भनाई छ ।
निधि र साहको यो दोस्ती राजेन्द्र महतोका लागि कति खतरानक छ ? जान्नका लागि पढ्नुहोस् यो समाचार : महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !
महतोपनि गएका थिए जेल : सञ्जय साहको आशिर्वाद लिन राजेन्द्र महतो पुगे डिल्लीबजार जेलमा
स्थानीय तहको चुनावमा रातोपाटीले जनकपुर ग्राउन्ड जिरोमा पुगेर गरेको समाचार : जनकपुरको चुनाव : जेलमा रहेका संजय ‘टकला’ यसरी बन्न सक्छन् निर्णायक
रातोपाटीको समाचार पुष्टी हुने गरी आएको जनपुर उपमहानगरपालिकाको नतिजा : जनकपुरमा काँग्रेस किन फेल ? संजय टकलाको मत नै भयो निर्णायक
राजनीतिकमा एउटै प्रकारको द्धन्द रहनु राम्रो हुँदैन, यसले समाज खण्डित हुन्छ’ संजयले जेलमा जाने आफ्ना कार्यकर्ताहरुलाई भन्न थालेका छन् । यसैसाता संजयसँग भेट गरेका उनका एक सहयोगीले रातोपाटीसँग भने, ‘देशमा कस्ता–कस्ता राजनीतिक परिवर्तन भएका छन् । निधि र साहबीच मिलन हुँदैमा के विग्रिन्छ ?’
पहिलो सविधानसभा अघिसम्म निधि र साहबीच राम्रो सम्बन्ध थियो । पहिलो सविधानसभा चुनावअघिसम्म निधिको संजय साह जितेको क्षेत्रबाट चुनाव जित्थे । पहिलो सविधानसभामा उनी सो क्षेत्र छाडेर पहिलाको तीन नम्बरमा गए ।
ि
नधि सो क्षेत्र छाडेर गएपछि साह चुनाव जित्दै आएका थिए । हालसम्म सो क्षेत्रबाट कसैले एकपटक भन्दा बढी पटक जित्न सकेका थिएनन् । संजयले लगातार दुई पटक चुनाव जितेका थिए ।
निधि र साहबीच व्यक्तिगत रुपमा कुनै दुश्मनी थिएन । बरु निधि र साहबीच राम्रो सम्बन्ध थियो । साहले ठेक्का पट्टाको कार्य गर्दा निधिबाट साहलाई सहयोग नै हुन्थ्यो । जब निधिले सो क्षेत्र छाडेर गए अनि सो क्षेत्रबाट सरोज यादव उम्मेदवार बने ।
काँग्रेसका नेता सरोज यादवलाई जीवनाथ चौधरीले सहयोग गर्थे । साह र जीवनाथबीच कट्टर दुश्मनी थियो । यी दुईबीच थुप्रै पटक ‘ग्याँगफाइट’ पनि भएको छ । सरोज यादवका कारण निधिले जीवनाथलाई सहयोग गर्न थाले । निधिले जीवनाथलाई सहयोग गरेकै कारण निधि र साहबीचको दुरी बढ्यो । अनि यी दुईबीच द्धन्द शुरु भएको थियो । यो द्धन्द अहिले मथ्थर भएको छ । चुनावमा निधि र साहवीच एकता भयो भने दुष्मनी दोस्तीमा बदलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना