सञ्जय साहको आशिर्वाद लिन राजेन्द्र महतो पुगे डिल्लीबजार जेलमा
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदीय चुनाव धनुषा (जनकपुर) को तीन नम्बर निर्वाचन क्षेत्रबाट लड्ने चर्चा शुरु भएसँगै एक अर्को कुरा बाहिर आएको छ ।
जनकपुर उपमहानगरको केही क्षेत्र समेत पर्ने सो क्षेत्र नम्बर तीनमा साहु महाजनको बाहुल्य क्षेत्र मानिन्छ । र, त्यो क्षेत्रबाट जित्नका लागि जेलमा रहेका संजय साह (टकला) को सहयोग पक्कै चाहिन्छ । त्यो बुझेर अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो संजय साहलाई भेट्न असोज ११ गते डिल्लीबजार सदर पुगेका थिए ।
उनले सञ्जयलाई भनेका थिए– जनकपुरका साथीहरुले त्यहीँबाट चुनाव लड्न भनिरहेका छन्, तपाईले भनेपछि मात्र म चुनाव लड्छु, तपाईले सहयोग नगरे त्यहाँ जित्न गाह्रो छ ।’
दोस्रो सविधानसभा चुनावमा धुनषाको चार नम्बर क्षेत्रबाट महतो अध्यक्ष रहेको सद्भावना पार्टीबाट सविधानसभा सदस्यमा जितेका सञ्जय साह जेल परेपछि महतोले आफ्नो पार्टीबाट निकालेका थिए । पछि संजयका श्रीमती रंगीला साहले पनि सद्भावना पार्टी छाडेकी थिइन् ।
आफ्ना श्रीमानलाई महतोले नै फँसाएकोसम्मको आरोप रंगीलाले लगाएकी थिइन्, महतोले संजयको आशिर्वाद लिन जेलमै पुगका थिए ।
महतोले सञ्जयलाई यतिसम्म भने कि ‘तपाईले मलाई संसदमा जिताउन सहयोग गर्नुस्, मैले तपाईको श्रीमतीलाई समानुपातिकमा कन्फर्म गर्छु ।’ तर सञ्जय साहले अहिले यो विषयमा केही भन्न सक्दिन भन्दै राजेन्द्र महतोलाई फर्काइदिएको स्रोतले जनाएको छ ।
अब सञ्जयले महतोलाई साथ नदिने भनेपछि त्यहाँबाट चुनाव लड्छन् कि लड्दैनन् त्यो हेर्न बाँकी छ ।
यो पनि पढ्नुस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण