शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एरिक्सनको अवस्था स्थिर, दुवै टोली र खेल अधिकारीहरु छलफलमा

शनिबार, २९ जेठ २०७८, २३ : २३
शनिबार, २९ जेठ २०७८

डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।

यता एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको थियो । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।

एरिक्सानलाई अस्पताल  पुर्याएपछि अहिले दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको यसबारे थप जानकारी दिइने यूईएफएको भनाइ छ ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । मैदानमा उपस्थित दर्शक घटनाले स्तब्ध बनेका थिए भने उनका समकक्षीहरु आँशु थाम्न सकिरहेका थिएनन् । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप