एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

क्रिस्टियन एरिक्सन मैदानमा नै ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।
The UEFA EURO 2020 match in Copenhagen has been suspended due to a medical emergency.
— UEFA EURO 2020 (@EURO2020) June 12, 2021
शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।
तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो । टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । उनका समकक्षी र मैदानमा उपस्थित दर्शक स्तब्ध देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
गृहले भन्यो – अध्यागमन कार्यालयसँग जोडिएका समाचारबारे हाम्रो गम्भीर ध्यानाकर्षण छ
-
कोरियन कलाकार बो सुक ली : क्यानभासमा अक्षरका माध्यमबाट संसारलाई जोड्दै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्