प्रधानमन्त्री अोलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा
बिहीबार, ०६ जेठ २०७८, १८ : १२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने जसपाले निर्णय गरेसँगै प्रधानमन्त्री अोलीले छलफलका लागि ठाकुरलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।
आजैको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री अोलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु