आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

बिहीबार, ०६ जेठ २०७८, १७ : ५६
बिहीबार, ०६ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् । 

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । उनका अनुसार बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको ती मन्त्रीको भनाइ छ ।

 पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए। 

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमा भित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप