शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थको दौडधूप : भारतीय दूतावासबाट फर्केर सीधै बालुवाटार

बिहीबार, ३० वैशाख २०७८, २० : ५४
बिहीबार, ३० वैशाख २०७८

सत्ता समीकरणमा तटस्थ बसेर केपी ओलीलाई सहयोग पु¥याएका जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुर आज सबभन्दा बढी सक्रिय देखिए । बिहानदेखि विभिन्न वार्ता र छलफल गर्दै विपक्षी गठबन्धनलाई असफल बनाएपछि उनी भारतीय दूतावास पुगे र त्यहाँबाट फर्किएर बालुवाटारमा केपी ओलीलाई अग्रिम बधाई दिन पुगे ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरी आफ्ना सांसदलाई भक्तपुरको एउटा ठूलो रिसोर्टमा राखेर ठाकुर दिउँसो लैनचौरस्थित भारतीय दूतावास छिरेका थिए । दूतावासमा दुई घण्टा लामो संवादपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न सीधै बालुवाटार गए ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता सफल भएर ओली पुनः प्रधानमन्त्री हुने निश्चित भएपछि दूतावासबाट भक्तपुरको रिसोर्ट नगइ ठाकुर सिधै बालुवाटार पुगेका हुन् ।

जसपाका एक सांसदका अनुसार एमालेका नेता माधवकुमार नेपालसँगको वार्ता सफल भएपछि ओलीले सिधै महन्थ ठाकुरलाई फोन गरेका थिए । त्यतिबेला उनी दूतावासमै थिए ।

दूतावासको भेटघाट सकेर उनले बालुवाटारका प्रधानमन्त्री ओलीलाई अग्रिम बधाई दिएको स्रोतले बतायो । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागीका हुन आग्रह गरेका थिए । तर, अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने ÷नहुने विषयमा पार्टीमा छलफल गर्ने बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप