जसपालाई सरकारमा केपी ओलीको निम्तो
बिहीबार, ३० वैशाख २०७८, २१ : १९
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी शर्मा ओलीले निम्तो दिएका छन् । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । बिहीबार साँझ बालुवाटारमा ओलीसँग छलफल गरेर फर्केपछि जसपा अध्यक्ष ठाकुरले आफू निकट नेताहरुसँग सरकारमा जानेबारे छलफल गरेको एक नेताले रातोपाटीलाई बताए ।
जसपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारमा जाने रुची देखाएका छन् । यद्यपि अहिलेसम्म महतोले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । महन्थले पनि जसपा सत्ताको खेलमा नलाग्ने बताउँदै आएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाको आगलागी नियन्त्रणमा
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन