लुम्बिनीमा गुन्डाराज जस्तै भयोः माओवादी प्रमुख सचेतक

माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई संस्कारबिहीन राजनीतिको संज्ञा दिएका छन् ।
उनले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको दावी गर्दै जवरजस्ती पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर शपथ दिलाउने काम प्रदेश प्रमुखले गरेको आरोप लगाए ।
उनले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधान विपरितको कदम भएको दावी गर्दै यसको प्रतिरोध कानुनी र राजनिति दुवै हिसावले गर्ने बताए ।
उनले यो संसद सरकारले बोलाएको नभई प्रदेशका एक चौथाई सांसदहरु बोलाएकाले सरकारले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न नपाउने पनि बताए । लुम्बिनी प्रदेशमा आइतबार जबरजस्तीलाई गुन्डाराजको जस्तै भएको संज्ञा दिँदै उनले यसको कडा प्रतिरोध गरिने बताए ।
विपक्षी गठबन्धनले बहुमत सांसद संख्या पुर्याएर ४२ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई जवरजस्ती मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले बदमासी गरेको पनि उनले बताए । उनले गठबन्धनका दलहरुसंग बसेर राजनीतिक र कानुनी उपचारको खोजी गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एनएसएलमा ‘लाखे’ को फाइनल यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’