संविधानविपरीत मुख्यमन्त्रीको सपथले मुठभेड निम्त्यायो : प्रमुख सचेतक खान

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले शंकर पोखरेलले संविधानविपरीत मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । खानले लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा संविधानको धारा १६८ को १ लाई गलत व्याख्या गरी सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानविपरीत कदम भएको बताएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै खानले भने, ‘हामीसँग बहुमत सदस्य भएको अवस्था अल्पमतको पार्टीलाई सपथग्रहण गराउने कार्य अलोकतान्त्रिक हो । यसले भोलिका दिनमा यसले मुठभेड निम्त्याउँछ ।’
विपक्षी गठबन्धनले ४२ जना बहुमत सांसदको हस्ताक्षर र उपस्थितिमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष गरेको सिफारिसलाई लत्याउँदै अल्पमतमा रहेका पोखरेललाई जवरजस्ती मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लंघन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
याे वर्ष एसइई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री
-
सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइने
-
‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
-
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
-
बजेटमा आएको विद्युत् खरिद ‘टेक एण्ड पे’ को व्यवस्था सच्याउँछौँ : ऊर्जामन्त्री