४ क्याच लिएपछि जडेजाले गरे यस्तो इशारा, एक हातले छक्का प्रहार गर्न खोज्दा धोनी आउट
![४ क्याच लिएपछि जडेजाले गरे यस्तो इशारा, एक हातले छक्का प्रहार गर्न खोज्दा धोनी आउट](https://rpcdn.ratopati.com/media/albums/1-1_1618861638_8VjliKYZ88.jpg)
इन्डियन प्रिमियिर लिगअन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई ४५ रनले हराएको छ । पहिले ब्याटिङ गरेको चेन्नईले १ सय ८८ रन जोडेको थियो । उसका लागि फाप डुु प्लेसीले ३३, अम्बाती रायडुले २७, मोइन अलीले २६ र सुरेश रैनाले १८ रन बनाएका थिए ।
जवाफमा राजस्थान १ सय ४३ रनमै समेटियो । चेन्नईका जोस बट्लरले ४९ रन बनाउनुुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन । चेन्नईका स्पिनरहरु मोइन अलीले ३ र रविद्र जडेजाले २ विकेट लिए । यस खेलमा जडेजाले ४ क्याच पनि लिए । उनले मनन बोहरा, रियान पराग, क्रिस मोरि र जयदेव उनादकटलाई क्याचआउट गरे ।
क्याच लिएपछि जडेजाले समर्थकहरुतर्फ कल मीको इशारा गरेर खुसी मनाएका थिए । यता, चेन्नईका लागि २ सयौं खेल खेलिरहेका कप्तान महेन्द्रसिंह धोनीको प्रदर्शन भने उल्लेख्य रहेन । उनले १७ बलमा १८ रनमात्रै बनाउन सके । एक हातले छक्का लगाउने चक्करमा धोनीले आफ्नो विकेट गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’