चेन्नईसामु निरीह बन्यो राजस्थान रोयल्स, ४५ रनले पराजित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपरकिङ्ग्सले राजस्थान रोयल्समाथि ४५ रनको जित हासिल गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको छ । जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ ।
१८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि प्रारम्भिक ब्याट्सम्यान मनन बोहरा र जोस बटलरले औसत सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् । राजस्थानका लागि बटलरले सर्वाधिक ४९ रन बनाए भने जयदेव उनादकटले २४, राहुल तेवटियाले २०, शिवम दुवेले १७ र मनन बोहराले १४ रन बनाए ।
राजस्थानका ब्याट्सम्यानलाई सस्तोमै समेट्न चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने रविन्द्र जडेजा र साम करनले दुई÷दुई, शार्दुल ठाकुर र ड्वेन ब्राभोले एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । चेन्नईका लागि फाप डुप्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७, मोइन अलीले २६, सुरेश रैनाले १८ रन बनाए ।
चेन्नईको कप्तानका रुपमा २०० औं म्याच खेलेका महेन्द्रसिंह धोनीले सोमबार उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । उनी १८ रन बनाएर बाहिरिए ।
राजस्थानका लागि चेतन सकरियाले ३ विकेट लिए भने क्रिस मोरिसले २, मुस्तफिजुर रहमान र राहुल तेबटियाले एक÷एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
-
प्रदेश खेलकुद विकास संशोधन विधेयक प्रमाणीकरण
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो