‘ज्योतिष’ अर्जुन क्षत्री पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
यस्तै क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १/१ लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए । त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् ।
गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।
क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका सर्वाधिक वायु प्रदूषित १०० सहरमा ८३ ओटा भारतका
-
रावण बन्न १५० करोड भारु लिए यशले
-
रविको बचाउमा केपी ओली : उजुरीकै भरमा मन्त्री हुन नपाउने भए सबै खाली हुन्छ
-
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
-
‘महाजात्रा’ सेन्सर पास, शुक्रबारदेखि प्रदर्शनमा आउने
-
बागमतीमा सरकार गठनका लागि कांग्रेसले बढायो सक्रियता