महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ
मङ्गलबार, २१ जेठ २०७६, १५ : ३६
६
काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकबाट त्रिविले कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी
-
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घट्यो
-
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला
-
कान्ति लोकपथ सञ्चालनमा
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण