मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति (भाग दुई)

आइतबार, २५ भदौ २०७४, १० : ५७
आइतबार, २५ भदौ २०७४

अमेरिकी राष्ट्रपति जिग्मी कार्टर, उनका उत्तराधिकारी रोनाल्ड रेगन र साउदी अरेबियाले जेनरल जिया उल हकको (सन् १९७८ देखि १९८८ सम्म पाकिस्तानका सैन्य शासक) सत्तालाई साढे तीन अर्ब डलर सहयोग गरेका थिए । मुजाहिद्दिनलाई तालिम र हतियारको बन्दोबस्तीका निम्ति, समस्टिगत रूपमा करिब चालिस अर्ब डलर खर्च गरिएको थियो । 

जिया उलको दसकमा जिहादी सङ्गठनलाई मजबुत गर्न र त्यसको सञ्जाल फैलाउन अपरेसन साइक्लोन सीआईए इतिहासको सबैभन्दा ठूलो र खर्चिलो अपरेसन भएको थियो । मुजाहिद्दिनका नेतृत्व तहका कमान्डरहरूलाई सीआईएले बरुकलिन स्कुल न्यु योर्क र भर्जिनियामा तालिम दिएका थिए । युट्युबमा रहेका मेरा श्रव्यदृश्य लेक्चरहरूमा तपाईंहरू दुर्लभ अफगानी क्रान्तिका फुटेज हेर्न सक्नुहुन्छ । 

यी श्रव्यदृश्यहरू सामग्रीमा विलियम एच. वेबस्टर (तत्कालीन सीआईए निर्देशक) र क्लेयर जर्ज (सीआईए अधिकारी) लाई जेनरल हमिद गुल (पाकिस्तानी सेनाका एक उच्चपदस्थ जनरल, गुप्तचर अधिकारी र रक्षा विज्ञ) लाई मुजाहिद्दिनको शिविर निरीक्षण गरिरहेको हेर्न सकिन्छ । त्यसैगरी तपाईं सीआईए निर्देशक विलियम जे. क्यासेको भिडियो फुटेज हेर्न सक्नुहुन्छ । अमेरिकी काङ्ग्रेस म्यान चार्ली विल्सनलाई पाकिस्तानमा देख्न सकिन्छ । 

तपार्इं थुप्रै मुख्य जिहादी र ‘सहिष्णु’ नेताहरूलाई अमेरिकी साम्रज्यवादबाट पैसा लिएरहेको देख्न सक्नुहुन्छ । कसरी जेम्स बोन्ड, र्याम्बोे जस्ता फिल्मी चरित्रलाई धार्मिक अतिवाद बढावाका निम्ति प्रयोग गरियो भन्ने पनि हेर्न सक्नुहुन्छ । कसरी जेनरल जिया उल हकले मुजाहिद्दिनहरूलाई हतियार उपलब्ध गराउन राष्ट्रपति कार्टर र राष्ट्रपति रेगनसँग भेटेका थिए, हेर्न सकिन्छ । 

यो पनि पढ्नुहोस्

सीआईएको समर्थन अर्थात् प्रतिक्रान्ति

समग्रमा भन्ने हो भने यी जिहादीहरूलाई ह्वाइट हाउसमा बसेको देख्न सकिन्छ । यो त्यतिबेलाको कुरा हो, जतिबेला राष्ट्रपति रेगनले यी जिहादीहरूलाई ‘फाउन्डिङ फादर्स अफ अमेरिका’ अर्थात अमेरिकाका निर्माता पिताहरूसँग तुलना गरेका थिए । यी जिहादीप्रति कोलम्बिया अन्तरिक्ष यान समर्पित गरिएको थियो । आर्को शब्दमा भन्दा तपाईंहरू यी श्रव्यदृश्यमा यो छदमता पछाडि लुकेको सत्य देख्न सक्नुहुन्छ । तपार्इंहरू पाकिस्तानमा भएको इस्लामिक अतिवादको विकासको सच्चा इतिहास देख्न सक्नुहुन्छ । 

आज के कुरा स्पष्ट भइसक्यो भने साउदी अरेबिया मात्रै होइन, इजरायलले पनि अफगानिस्तानमा भएको मुजाहिद्दिनको प्रतिक्रान्तिलाई आर्थिक र हतियार बन्दोबस्तीको सहयोग गरेको थियो । यसको प्रमाण चार्ली विल्सनको जीवनी चार्ली विल्सन्स वारमा पाउन सकिन्छ । यी तथाकथित मुजाहिद्दिनहरू (अरबी, उर्दु भाषामा क्रान्तिकारी लडाकु) कुनै पनि रूपले अनभिज्ञ छैनन् कि उनीहरू तिनै शक्तिबाट आर्थिक सहयोग लिइरहेका थिए, जसले प्यालेस्टेनीहरूको हत्या गरे र गर्दैछन् । 

यी उग्रवादी मुजाहिद्दिनहरूले अफगानी जनतामा आतङ्क बढाउँदै गइरहेका थिए र समानान्तर रूपमा मुजाहिद्दिनहरूको सङ्ख्या दिनानुदिन पाकिस्तानमा पनि बढ्दै गएको थियो । सन् १९७९ देखि १९९० सम्म, पाकिस्तानमा जिहादी र साम्प्रदायिक संस्थाहरू दुई गुणाले बढेका थिए । पाकिस्तानमा सन् २००२ सम्म ७,००० भन्दा बढी मदरसाहरूले उच्च शिक्षामा ‘डिग्री’ दिएका थिए । अहिले अनुमानित २२,००० मदरसा अस्तित्वमा छन् । र करिब १५ लाख विद्यार्थी यसबाट प्रशिक्षित हुँदैछन् । 

सोभियत शक्तिको फिर्ती र सन् १९९२ मा वामपन्थी अफगानी सरकारको पराजयपछि कबिला सरदार र सामन्तहरू पुनः शक्तिमा उक्लिए । तर समय बित्न नपाउँदै ती सरदारहरू बीच लडाइँ चल्न थाल्यो । पाकिस्तानी सेनाले अफगानिस्तानलाई रणनीतिक गहनताको इलाकाको रूपमा लिएकाले यो सङ्घर्ष भयो । पाकिस्तानी सेनाले अफगानिस्तानमाथि पूर्ण नियन्त्रण चाहेको थियो । 

त्यसैले पाकिस्तानी सेनाले सन् १९९२ पछिको अफगानिस्तानको बुरहानुद्दिन रब्बानी सरकारविरुद्ध अफगान मुजाहिद्दिन प्रमुख गुलबुद्दिन हिक्मताएरलाई सहयोग गरेको थियो । त्यस समर्थनले निम्त्याएको युद्धले काबुललाई सम्पूर्ण रूपमा ध्वस्त बनाइदियो । तत्पश्चात पाकिस्तानी सेनाले अतिवादी शक्ति तालिवान बनायो र सन् १९९६ मा सेनाको सहयोगमा तालिवानले सबै विरोधी र स्थापित सरकार (रब्बानी सरकार) लाई हरायो र अफगानिस्तानमा तालिबानी सरकार बन्यो । 

‘बुर्का लगाउनमा अनिच्छा भनेको धर्मानन्दता हो र बुर्का नलगाउने महिला भद्दा प्राणी हुन्’ र महिलाको वस्त्रलाई रङ्ग्याउनु हुन्न । यसमा कुनै किसिमको सजावट हुनु हँुदैन । महिलाले आफूलाई सुगन्धित पनि बनाउनु हुन्न (अर्थात कुनै प्रकारको अत्तर प्रयोग गर्नु हुन्न) । सन् १९९६ देखि २००१ सम्मको तालिबानी सत्ताको प्रतिगामी कदमको यो एउटा सानो झल्को हो ।

सन् १९९६ अक्टुबर ताका एउटी महिलाले नेल पोलिस लाएकै कारण ती महिलाको बूढी औँला काटिएको थियो । तालिबानले छापामार्ने क्रममा एउटी महिलालाई आफ्नो अपार्टमेन्टमा अनौपचारिक विद्यालय सञ्चालन गरिरहेको भेटेपछि, पढिरहेका विद्यार्थीहरूमाथि हातपात गरिनु र ती महिला प्रशिक्षकलाई अपार्टमेन्टबाट लडाएर खुट्टा भाँचेर जेल जाँक्नु जस्ता घटनाहरूको उदाहरणबाट तालिबानी सत्ताको अत्याचार सहजै बुझ्न सकिन्छ । 

करिब एक दशकको कट्टरपन्थी विरासतले (सन् १९९२ देखि २००१ सम्म) यस्ता नतिजाहरू ल्याए । हाल करिब ७९ प्रतिशत अफगानी महिला पढ्न र लेख्न जान्दैनन् । मातृ मृत्युदर संसारमै सबभन्दा बढी छ । एक लाख शिशु जन्ममा करिब १,९०० आमाको मृत्यु भइरहेको छ । तालिबानी शासनकालमा अफगानीस्तानको बदक्सा प्रान्तमा इतिहासकै उच्च मातृ मृत्युदर रेकर्ड गरिएको थियो । 

एक लाख शिशु जन्ममा ६,५०० आमाको मृत्यु भएको थियो । तालिबानी आक्रमणका कारण सन् २००४ सम्म करिब ९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना भएको निराशाजनक तथ्याङ्क छ, ५७ प्रतिशत महिलाको विवाह १६ वर्ष पुग्नुभन्दा पहिले नै भएको पाइएको छ । ७२ प्रतिशत महिला सबै किसिमको गर्भनिरोधक उपायबाट अनभिज्ञ छन् । न गर्भलाई विलम्ब गर्ने तरिकाबाट जानकार छन् । एउटा सर्वेक्षणले ९७ प्रतिशत महिला डिप्रेसनका शिकार भएका छन् र आफ्नो जर्जर स्वास्थ्य अवस्थाको पीडाबाट मुक्ति पाउन अफिम सेवन गर्छन् भन्ने देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. तैमुर रेहमान
डा. तैमुर रेहमान
लेखकबाट थप