‘ह्वाट द फ्लप’ शोको प्रस्तुतिको विषयमा सन्दीपले मागे माफी
काठमाडौं – कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।
बिहिबार साँझ प्रसार भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका छन् ।
‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ’ सन्दीपले कार्यक्रममा भनेका छन् ‘तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’
‘मैले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउदा म पनि मर्माहत भएको छु’ सन्दीपले कार्यक्रममा अगाडि भनेका छन् ‘त्यो मेरो आफ्नो समुदाय हो । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो ।’
कार्यक्रममार्फत कुनै्र पनि समुदायको मन दुखाउने उदेश्य कहिलै नरहेको बताएका सन्दीपले भने ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहान्छ ।’
केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोडुसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह