
'ह्वाट द फ्लप* शो' बन्द गराउन माग गर्दै प्रेस काउन्सिलमा उजुरी, सन्दीप क्षेत्रीसहितलाई कारवाहीको माग
काठमाडा । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप* शो कार्यक्रम बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको छ । साथै उक्त कार्य प्रस्तोता सन्दीप क्षेत्र, कार्यक्रमको व्यवस्थापक र प्रड्युसर विशाल घोषलाई कानुनी कारवाहीको माग गरेको गरिएको छ ।
डा.शरद सिंह यादवले आज प्रेस काउन्सिलमा निवेदन दर्ता गराई कारवाहीको माग गरेका हुन् । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप शो कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्रीले विगत लामो समयदेखि मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको उजुरीमा उल्लेख छ ।
सो प्रस्तुती युट्युवबाट समाजिक सञ्जालमा भाइरल भइरहेकोले यसखालको प्रस्तुतिले मधेशी समुदाय अपहेलित महसुस गरिरहेकाले कार्यक्रम प्रस्तोतासहित व्यवस्थापक र प्रड्युसरलाई कानुन अनुसार कारवाहीको प्रकृया अगाडि बढाउन निवेदनमा आग्रह गरिएको छ ।
पछिल्लो कार्यक्रममा सन्दीप क्षेत्रीले अंगिकृत नागकिरताको विषयमा मधेशी महिलाको बारेमा व्यंग्य गरेका छन् । सो कार्यक्रममा सन्दीप क्षेत्र मिठाईलाल जादवको भूमिकामा हुन्छन् । उनले आफ्नो अनुहारमा कालो पोतेर मधेशीको भेषभुषामा हुन्छन् । कान्तिपुरको त्यो कार्यक्रम निकै चर्चित छ ।
यसअघि कृषि टीभीमा यस्तै मधेशीको अपमान हुने कार्यक्रम सञ्चालन गर्दा मधेशबाट विरोध भएपछि त्यो कार्यक्रम बन्द भएको छ र कार्यक्रम प्रस्तुतलाई पनि जागिरबाट निकालेको छ । कान्तिपुर टेलिभिजनबाट सञ्चालित ह्वाट द फ्लप शो कार्यक्रमको पनि धेरै पहिलादेखि विरोध हुँदै आइरहेको थियो । तर यसरी उजुरी परेको थिएन ।
*सच्याइएको
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- July 9, 2020, 3:20 p.m. RAMESH RATNA SHRESTHAGARNA SAKE GODI CHUTIYA BHARATIYA MEDIA LAI KARBAHI GARERA DEKHA SANDIP SIR LAI HOINA.. .NOTE IT PRESS COUNCIL
- 0 Reply
- July 9, 2020, 9:27 a.m. Santosh ShahSharad Singh Yadav ji, highly commendable work. Looking down upon women (from any region or country) is highly immoral and pathetic, and making fun of Citizenship bill or the Constitution is a punishable crime subject to legal action. Comedy or creativity or powerful connections are not above the law and the Constitution
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।