बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्षेत्रपाटीमा समातियो ८८ किलो सुन, अहिलेसम्मकै सबैभन्दा बढी

सोमबार, १९ भदौ २०७४, ०९ : २८
सोमबार, १९ भदौ २०७४

काठमाडौं । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो । 

बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । 

क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । 

प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि विहान बरामद गरेको जनाएको छ । 

मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो । 

केही दिनअघिमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै भित्रिएको २२ किलो सुनमध्ये १५ किलो सुन पक्राउ गरेको थियो ।

गत बुधबार सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको सामाखुसीस्थित कोठामा छापा मार्दा १४ किलो सुन फेला पारेको थियो ।

त्यस्तै धुनषाबाट थप एक किलो सुन समेत बरामद भएको थियो । तस्करीमा संलग्न पेम्बासहित काठमाडौंबाट तीन र धनुषाबाट ४ जनालाई पक्राउ गरिएको थियो । 

पक्राउ पर्ने पेम्बासहित अन्यमा भक्तपुर सूर्यबिनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री र रबिन खत्री, काठमाडौंको नयाँ बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, धनुषाको जनकपुर महानगरपालिका वडा नम्बर ७ का दीपक कुमार शाह रहेका छन् । 

प्रहरीले अवैध सुन तस्करीको मुख्य नाइके पेम्बा नै भएको दाबी गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप