क्षेत्रपाटीमा समातियो ८८ किलो सुन, अहिलेसम्मकै सबैभन्दा बढी
काठमाडौं । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो ।
बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।
क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।
प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि विहान बरामद गरेको जनाएको छ ।
मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो ।
केही दिनअघिमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै भित्रिएको २२ किलो सुनमध्ये १५ किलो सुन पक्राउ गरेको थियो ।
गत बुधबार सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको सामाखुसीस्थित कोठामा छापा मार्दा १४ किलो सुन फेला पारेको थियो ।
त्यस्तै धुनषाबाट थप एक किलो सुन समेत बरामद भएको थियो । तस्करीमा संलग्न पेम्बासहित काठमाडौंबाट तीन र धनुषाबाट ४ जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्ने पेम्बासहित अन्यमा भक्तपुर सूर्यबिनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री र रबिन खत्री, काठमाडौंको नयाँ बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, धनुषाको जनकपुर महानगरपालिका वडा नम्बर ७ का दीपक कुमार शाह रहेका छन् ।
प्रहरीले अवैध सुन तस्करीको मुख्य नाइके पेम्बा नै भएको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण