पेम्बाको कोठाबाट भेटियो १४ किलो सुन, अरु ८ किलो खै ?
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा एक सूचना आयो –रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै २२ किलो सुन काठमाडौ भित्रिएको छ । केहि पहिले आएको सूचनाले ब्यूरोलाई गम्भीर बनायो ।
ब्यूरोमा पुस्कर कार्कीले जिम्मेवारी सम्हालेलगत्तै अनुसन्धान तीब्र बनाए । सोहि क्रममा सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको संलग्नता रहेको थप सूचना समेत प्रहरीले पायो । उनीबारे सूचना प्राप्त भएलगत्तै निगरानी बढाउदै आएको प्रहरीले बुधबार उनको सामाखुसीस्थित कोठामा छापा मार्यो ।
टोखा नगरपालिका बडा नम्बर ११ स्थित सामाखुसीमा २ बर्षदेखि बस्दै आएको पेम्बाको कोठामा खानतलासी गर्दा १२ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । सीआइबीका डिआइजी पुस्कर कार्कीले कोठाको दराजमा रहेको कलेजी रंगको झोलामा १२ किलो र दराजको घर्रामा थप २ किलो गरी १४ किलो सुन बरामद भएको बताए ।
उनले अनुसन्धानको क्रममा केरुङ हुँदै पेम्बाले २२ किलो सुन भित्र्याएको खुल्न आएको भन्दै ती सुनहरु भारतका विभिन्न स्थानमा विक्रि गर्ने उद्देश्यले लगेको समेत खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराउँदा थप एक किलो सुन समेत बरामद भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले तस्करीमा संलग्न पेम्बासहित काठमाडौंबाट तीन र धनुषाबाट ४ जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्ने पेम्बासहित अन्यमा भक्तपुर सूर्यबिनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, र रबिन खत्री, काठमाडौंको नयाँ बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, धनुषाको जनकपुर महानगरपालिका वडा नम्बर ७ का दीपक कुमार शाह रहेका छन् । प्रहरीले अवैध सुन तस्करीको मुख्य नाइके पेम्बा नै भएको दाबी गरेको छ ।

डिआइजी पुस्कर कार्कीले पक्राउ पर्नेहरु अन्तराष्ट्रिय रुपमा अवैध सुन ओसारपसारमा सक्रिय रहेको खुल्न आएको भन्दै यसअघि २२ किलोमध्ये २ किलो सुन भारत पुर्याइसकेको खुल्न आएको बताए ।
प्रहरीले उनीहरुले चीनबाट ल्याएको भनिएको सुनबारे खोजतलास भइरहेको पनि जनाएको छ ।
प्रहरीले अभियुक्तहरुको साथबाट एक थान भक्सवागेन गाडी, एक थान स्कुटर, पेम्बाको दराजबाट एक सय दरका ६०० अमेरिकी डलर र ११९९ चाइनिज युआन समेत बरामद गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण