केन्द्रीय संस्करण
विज्ञान मन्थन

जीवन रहेको सौर्यमण्डलको एक मात्र ग्रह पृथ्वी

person explore access_timeफागुन १२, २०७६ chat_bubble_outline0

ब्रह्माण्डमा खरबौं आकाशगंगा छन् । प्रत्येक  आकाशगंगामा खरबौ खरब तारा छन् । हाम्रो आकाशगंगा मिल्की वे ( Milky Way ) मा रहेका  खरबौ खरब ताराहरुमध्ये एउटा तारा हाम्रो सूर्य हो ।

हामी बसेको पृथ्वी सूर्यको सौर्यपरिवार कै सदस्य  हन् । अहिलेसम्म  ज्ञात भएअनुसार सौर्य परिवारको पृथ्वी ग्रहमा मात्र जीवन छ । अन्य कुनै पनि ग्रहमा अहिलेसम्म जीवन  भेटिएको छैन ।

कुनै पनि ग्रहमा जीवन हुर्किनका लागि खर्बौ खर्ब संयोग जुटनु पर्छ । यी खर्बौ खर्ब संयोगमध्ये सबै नै संयोग आफूमा विशिष्ट र महत्वपूर्ण छन् । संयोग शृंखलामध्ये कुनै पनि एउटा संयोग नभएको भए पृथ्वीमा पनि जीवन हुर्किने थिएन । वा भनौ अहिले पनि कुनै एक संयोग मेंटियो भने पृथ्वी पनि अन्य ग्रह जस्तै जीवनरहित हुनेछ ।

यसकारण छ पृथ्वीमा जीवन

पृथ्वीमा जीवन प्रारम्भ हुनुमा एउटा महत्त्वपूर्ण संयोग हो, सूर्य र पृथ्वी बीचको दूरी ।हाम्रो पृथ्वी र सूर्यदेखि  ह्याभीटेभल जोन’‘ अथवा  ‘गोल्डीलाक जोन’ मा रहेको छ । मातृ तारा संग उचित दुरीमा रहेका ग्रहलाइ ह्याभीटेभल जोन’ मा रहेको भनिन्छ । मातृतारासंग दूरी कम अथवा  बढ़ी हुँदा ग्रहमा जीवन हुर्किने संभावना रहँदैन । सूर्यबाट पृथ्वीको तुलनामा नजिक रहेका दुइटा ग्रह बुध र शुक्रमा अत्यधिक  तापका कारण जीवन हुर्किने उपयुक्त वातावरणको संयोग भएन । त्यसैगरी पृथ्वीको तुलनामा टाढा रहेका अन्य ग्रह मंगल, वृहस्पति, शनिलगायतका ग्रहहरुमा   तापको कमीका कारणले उपयुक्त वातावरण जुराउने संयोग घटित हुन सकेन   ।


पृथ्वीमा जीवन प्रारम्भ हुनुमा एउटा महत्त्वपूर्ण संयोग हो, सूर्य र पृथ्वी बीचको दूरी ।हाम्रो पृथ्वी र सूर्यदेखि  ह्याभीटेभल जोन’‘ अथवा  ‘गोल्डीलाक जोन’ मा रहेको छ । मातृ तारा संग उचित दुरीमा रहेका ग्रहलाइ ह्याभीटेभल जोन’ मा रहेको भनिन्छ । मातृतारासंग दूरी कम अथवा  बढ़ी हुँदा ग्रहमा जीवन हुर्किने संभावना रहँदैन ।


सूर्यबाट प्रकाशका माध्यमले पृथ्वीसम्म आउने ताप र पृथ्वीको भित्री ‘कोर’ बाट बाहिरी सतहसम्म आउने तापका कारण नै पृथ्वीमा तीनवटै अवस्थामा पानी उपलब्ध हुन्छन्  ।  ती तीनवटा अवस्था भनेको ठोस–  हिउँजस्तो (Solid), द्रव– तरल पानी (Liquid ) र ग्याँस– जलवाष्प  (Water  Vapour) हुन्।

हामी जसलाई जीवन भनी बुझ्छौं त्यसका लागि पानीको द्रव अवस्था (तरल पानी) परम आवश्यक छ । पृथ्वीमा जीवनको प्रारम्भ नै पानीमा भएको थियो  । कुनै पनि प्राणी पानी बिना बाँच्न सक्दैनन  ।

पृथ्वीमा चारैतिर जीवन छ । पृथ्वीमा जीवन एवं तरल पानी उपलब्ध भएकोले यो ब्रह्माण्ड कै अद्वितीय ग्रह हो ।

‘रेडियोधर्मी डेटिङ’ र अन्य साक्ष्य स्रोतका अनुसार पृथ्वीको निर्माण झण्डै ४.५४ अर्ब वर्ष पहिला भएको थियो । पृथ्वीमा  जीवनको प्रारम्भ भने १ अर्ब वर्ष पहिला मात्रै भएको हो ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा ‘प्रथम जीवन’ को  उत्पत्ति ‘अजैविक तत्त्व’ (Abiotic  Components And Abiotic Factors )  ले भएको थियो ।

'बायोलोजी’ र ‘इकोलोजी’ काअनुसार जीवनरहित रसायन (Non Living Chemicals) र वातावरणमा रहेका तत्वहरू नै ‘अजैविक तत्त्व’ हुन् । पानी, प्रकाश, रेडियोधर्मिता ( Radiation ),  ताप , आद्रता   (Humidity ) र वातावरण सबै ‘अजैविक तत्व’ हुन् । यिनैको आपसी संयोगले पृथ्वीमा जीवनको शुभारम्भ भएको मानिन्छ ।

पृथ्वीको आकार किन गोलाकार छ ?

सबै ग्रह, उपग्रह र  ताराको आकार गोलो हुन्छ  । प्रश्न स्वाभाविक रुपमा उठन सक्छ, यी सबै गोलो किन हुन्छन् ?

स्वाभाविक प्रश्नको जवाफ पनि सहज र  स्वाभाविक छ । आफ्नो अक्ष (Axis ) मा धुम्ने कुनै पनि पिण्ड गोलो नै हुन्छ । प्रयोग गरी हेर । कुनै पनि आकारको वस्तुलाई फन्फनी घुमाउने प्रयास गर ,घुम्न थालेपछि त्यस वस्तुको आकार जस्तोसुकै होस्, त्यो तिमीलाई  गोलो  देखिन थाल्छ । र, त्यस वस्तुको घूमने क्रम नरोकिएसम्म त्यो वस्तु गोलो नै देखिन्छ । सबै ग्रह, उपग्रह, तारा आफ्नो अक्षमा घुमिरहेका छन् । त्यसैले गर्दा सबै गोलो देखिन्छन् । वास्तवमा नै यी सबै खगोलीय पिण्ड गोलो हुन् अथवा होइनन् यो जानने कुनै उपाय छैन । तिमी नै सोची हेर, तिमी कोठामा नहुँदा तिम्रो साथीले कुनै वस्तु फनफनी घुमायो । तिमी वस्तु घुम्न थालेपछि कोठामा  आयौ । घुमिरहेको वस्तु तिमीले गोलो देख्छौ । र, वस्तु नरोकिएसम्म तिमीसंग त्यो वस्तुको वास्तविक स्वरुप जान्ने कुनै उपाय हुन्न  । तिम्रो साथीले घुमाएको वस्तु त एक निश्चित अवस्थामा अवश्य रोकिन्छ । त्यतिबेला तिमीले थाहा पाउन सक्छौ कि घुमेको अवस्थामा गोलो देखिएको त्यो वस्तु वस्तु वास्तवमै गोलो हो कि अन्य कुनै आकारको ? तर हामी यो कुरा खगोलीय पिण्डहरुमा थाहा पाउन सक्‍दैनौं किनभने कुनै पनि खगोलीय पिण्ड कहिल्यै पनि रोकिदैनन । तसर्थ तिनको बारेमा हामीलाई यही मात्र जानकारी छ, ती गोलाकार छन् ।


कुनै पनि आकारको वस्तुलाई फन्फनी घुमाउने प्रयास गर ,घुम्न थालेपछि त्यस वस्तुको आकार जस्तोसुकै होस्, त्यो तिमीलाई  गोलो  देखिन थाल्छ । र, त्यस वस्तुको घूमने क्रम नरोकिएसम्म त्यो वस्तु गोलो नै देखिन्छ । सबै ग्रह, उपग्रह, तारा आफ्नो अक्षमा घुमिरहेका छन् । त्यसैले गर्दा सबै गोलो देखिन्छन् । वास्तवमा नै यी सबै खगोलीय पिण्ड गोलो हुन् अथवा होइनन् यो जानने कुनै उपाय छैन ।


   तर कुनै पनि खगोलीय पिण्ड  गोलो घुमिरहँदा एक प्रकारका छद्म बल अभिकेंद्रिय बल  ‘सेन्ट्रीफ्युगल  फोर्स’ (Centrifugal   Forse ) उत्पन्न हन्छ, यस छद्म बलका कारणले  त्यो संरचना पूर्णरुपमा गोलो रहन सक्दैन । यस (‘सेन्ट्रीफ्युगल  फोर्स’) को कारणले पृथ्वी पनि पूर्णरूपमा गोलो छैन । पृथ्वीको मध्यको व्यास (Diameter ) १२ हजार ७४२ किमी एवं ध्रुवीय व्यास (Polar Diameter )  १२ हजार ७१४ किमी र अक्षीय व्यास (Equatorial Diameter ) १२ हजार ७५६ किमी रहेको छ ।

सूर्यको परिक्रमा र आफ्नै अक्षको पनि परिक्रमा

पृथ्वीले सूर्यको परिक्रमा गर्नुका साथै आफ्नो अक्षमा पनि परिक्रमा गर्छ । पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्न ८६१६४.०९८९०९१ सेकेन्डको समय लाग्छ । यो परिक्रमा अवधिमा गोलो पृथ्वीको जुन भागमा सूर्यको प्रकाश पर्छ त्यहाँ दिन र प्रकाश नपर्ने भागमा रात्रि हुन्छ । माथि भनिएको ८६१६४ सेकेण्डको समय नै तिम्रो एक रात र दिनको अवधि हो । यसैलाइ हामी मोटामोटी  रूपमा गणना  गर्दा  २४  ‌घण्टाको समय भन्छौं ।  पृथ्वीलाई आफ्नो अक्षको परिक्रमा गर्न २४ नभएर २३ घण्टा ५६ मिनट र ४. १ सेकेण्डको समय लाग्छ ।

तिमीहरुलाई थाहै छ पृथ्वीले आफ्नो अक्षको परिक्रमा गर्नुका साथै सूर्यको पनि  परिक्रमा गर्छ । सूर्यको एक परिक्रमा  गर्न पृथ्वीलाई ३ करोड़  १४ लाख ७१ हज़ार ४३७ दशमलब १२७ सेकेण्डको समय लाग्छ । यो नै हामीले मानेको एक वर्षको समय हो । हामीले सजिलोका लागि एक वर्षमा ३६५ दिनको गणना गर्छौं ।तर पृथ्वीलाई सूर्यको एक परिक्रमा गर्न ३६५ दशमलब २५ दिनको समय लाग्छ । प्रत्येक ४ वर्षमा यो बढ़ी भएको समयलाई समायोजन गरिन्छ । फेब्रुअरीमा २९ दिन पनि हुन्छन् भन्ने तिमीहरुलाई थाहै छ ।

पृथ्वीले सूर्यको परिक्रमा दीर्घवृत्तीय (Elliptical  ) कक्ष (Orbit) मा गर्छ । यसले गर्दा सूर्य र पृथ्वी बीचको दूरी परिवर्तित भइराख्छ ।आफ्नो  परिक्रमा पथमा पृथ्वी सूर्यको नजिक पुग्दाको स्थितिलाई अपसौरिक (Perihelion) भनिन्छ र टाढा हुँदाको स्थितिलाई उपसौरिक (Aphelion) भनिनछ ।

पृथ्वी र सूर्य बीच को औसत दूरी १४ करोड़ ९६ लाख किमी रहेको छ । पृथ्वी र सूर्य बीचको यसै दूरीलाइ  १ ऐ यू भनिन्छ । पृथ्वी र सूर्य नजिक हुँदाको स्थितिमा यो दूरी घटेर १४ करोड़ ७० लाख ९५ हज़ार किमीमा आईपुग्छ । यसैगरी दुबै टाढा हुँदाको स्थितिमा यो दूरी बढेर १५ करोड़ १९ लाख ३० हज़ार किमीसम्म पुग्छ ।

पृथ्वी पूर्वमुखी ( Eastward) भएर आफ्नो अक्षमा घुम्छ । पृथ्वीको अक्षमा घुम्ने गति ४६५ मीटर प्रति सेकेण्ड रहेको छ । यस गतिलाइ घण्टामा परिवर्तित गर्दा यसको मान १६७४ किमी प्रति घण्टा हुन आउछ ।  पूर्वमुखी भएर घुमेका कारणले नै संसारको सबै ठाउँमा  सूर्योदय पूर्वबाट भएको देखिन्छ ।


यसकारण सूर्य पूर्वबाट उदाउँछ

पृथ्वीले आफ्नो अक्षमा परिक्रमा गर्छ भन्ने कुरा तिमीहरुलाई थाहा नै छ । पृथ्वी पूर्वमुखी ( Eastward) भएर आफ्नो अक्षमा घुम्छ । पृथ्वीको अक्षमा घुम्ने गति ४६५ मीटर प्रति सेकेण्ड रहेको छ । यस गतिलाइ घण्टामा परिवर्तित गर्दा यसको मान १६७४ किमी प्रति घण्टा हुन आउछ ।  पूर्वमुखी भएर घुमेका कारणले नै संसारको सबै ठाउँमा  सूर्योदय पूर्वबाट भएको देखिन्छ ।

पृथ्वीको परिक्रमा गति

पृथ्वीको अक्षमा घुम्ने गतिबारे कुरा हुँदा तिमीहरुलाई पृथ्वीले सूर्यको चारैतिर कुन गतिले घुम्छ भन्ने जिज्ञासा भयो होला ? पृथ्वीले सूर्यको परिक्रमा गर्दा  यसको गति २९.७८ किमी प्रति सेकेण्ड हुन्छ । अहिलेसम्म पृथ्वीमा जन्मिएका कुनै पनि मानिसले पृथ्वीको यस गति सरहको गतिले यात्रा गर्ने सौभाग्य पाएका छैनन् ।वैज्ञानिकहरुले अन्तरिक्ष यात्राका लागि पठाइने रकेटको सर्वाधिक गति १७ किमी प्रति सेकेण्ड मात्रै रहेको हुन्छ ।

पृथ्वीको तापक्रम

पृथ्वी हाम्रो बसोवासको ग्रह भएको हुनाले यसका बारेका धेरै तथ्य हामीलाई थाहा भइसकेका छन् । र पनि धेरै तथ्य अझै हाम्रो पहँचभन्दा टाढा रहेका छन्  ।

हामी  बसेको पृथ्वीको सतहको सरदर तापमान  १५ देखि ३० डिग्री सेन्टिग्रेड रहेको छ ।सम्पूर्ण पृथ्वीको  सरदर तापमान भने १४ डिग्री सेन्टिग्रेड छ । पृथ्वीको यही सरदर तापमान वृद्धिलाई 'ग्लोबल वार्मिंग' भनिन्छ ।  पृथ्वीमा अहिलेसम्म प्राकृतिकरुपमा रेकर्ड गरिएको न्यून तापमान –८९ डिग्री र अधिकतम तापमान ५६.७ डिग्री रहेको छ ।

क्षेत्रफल

गोलो पृथ्वीको सतहको कुल  क्षेत्रफल ५१ करोड ७२ हजार वर्ग किमी छ । यस क्षेत्रफलको ७०.८ प्रतिशत भाग ठुलfठूला महासागरले ओगटेका छन् । महासागरले ओगटेको भागको क्षेत्रफल झण्डै ३६ करोड़ ११ लाख ३२ हजार वर्ग किमी छ । बाँकी १४ करोड़ ८९ लाख ४० हजार वर्ग किमी मात्रै जमीन छ ।

तिमीहरूले गणितको कक्षामा गोलो वस्तुको आयतन (Volume) ,क्षेत्रफल (Area),त्रिज्या (Radius ) र  परिधि (Circumference ) कसरी ज्ञात गर्न सकिन्छ भन्नेबारे पढ़ेको हुनुपर्छ । वस्तुको व्यास ( Diameter ), त्रिज्या अथवा क्षेत्रफल मध्ये कुनै एउटा कुरा ज्ञात छ भने हामी सजिलै अन्य कुरा थाहा पाउन सक्छौं । यस लेखको माथि कतै पृथ्वीको डायमीटर कति छ भन्ने उल्लेख गरिएको छ । यसको सहायताले हामी पृथ्वीको आयतन, परिधि, रेडियस क्षेत्रफल सबै थाहा पाउन सक्छौं ।

पृथ्वीरूपी  गोलाको आयतन  १.०८३२ x १०१२ घन किमी छ । क्षेत्रफल माथि वर्णन गरिएको छ । यसको रेडियस ६,३७१ किमी छ । र यसै गरी पृथ्वीको परिधि ४००७५ किमी रहेको छ । आफ्नो गणित अध्यापकको सहयताले मैले  लेखेको सबै तथ्य जाFच गरी हेर ।

पृथ्वी लाखौं लाख विशेष गुणले सम्पन्न भएकोले यहाँ जीवन हुर्किन, फर्किन सम्भव भएको हो ।



पृथ्वी संक्षेपमा


सूर्यसंग दूरी — १४९६००००० किमी (१ ऐ यू )

सूर्यसंग अधिकतम दूरी (उपसौर) — १५१९३०००० किमी (१.०१५५९ ऐ यू )

सूर्यसंग न्यूनतम दूरी (अपसौर) — १४७०९५०००० किमी (०.९८३२६८७ ऐ यू )

सूर्य परिभ्रमण समय — ३६५.२५ दिन (१ वर्ष)

 परिभ्रमण  गति — २९.७८ किमी /सेकेण्ड (१०७२०० किमी / घन्टा)

उपग्रह— प्राकृतिक १ चन्द्रमा (१६०० मानव निर्मित कृत्रिम उपग्रह, ३० हजार अन्तरीक्ष फोहरहरु)

परिधि (Circumference ) — ४००७५.०१७ किमी

सतहको कुल क्षेत्रफल — ५१००७२०० वर्ग किमी (१४८९४०००० वर्ग किमी  जमीन (२९.२ प्रतिशत), ३६११३२०००वर्ग किमी जलमग्न  (७०.८ प्रतिशत)   

आयतन(Volume ) — १.०८३२१ * १०१२ घन किमी

द्रव्यमान (Mass ) — ५.९७२३७ * १०२४  किग्रा

घनत्व(Density )   —५.५१४ ग्राम / घन सेंटीमीटर

सतहको गुरुत्वाकर्षण — ९.८०७ मीटर /सेकेण्ड

पलायन वेग (स्केप भेलोसिटी )११.१८6 किमी /सेकेण्ड (४०२७० किमी /घण्टा )

अक्षमा परिभ्रमण समय — २३ घण्टा ५६ मिनेट ४.१ सेकेण्ड (१ दिन र रात )

अक्षमा परिभ्रमण गति — ४६५ मीटर /सेकेण्ड ( १६७४ किमी /घण्टा )

अक्षमा झुकाव (Tilt ) — २३.४३९ डिग्री 

Title Photo: https://solarsystem.nasa.gov

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...