शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महरा रिहा, निजी गाडी चढेर खुमलटार लागे (भिडियो सहित)

सोमबार, ०५ फागुन २०७६, १६ : २१
सोमबार, ०५ फागुन २०७६

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । 

डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसेँ र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भन्छु ।’


महरा बा १८ च ४०० नम्बरको निजी गाडी चढेर कारागार परिसरबाट बाहिरिएका थिए । उनी ललितपुरको खुमलटारमा रहेको निवासमा गएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप