शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महराले पाए सफाइ, अदालतद्वारा निर्दोष ठहर

सोमबार, ०५ फागुन २०७६, १४ : ४०
सोमबार, ०५ फागुन २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । 

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो । 

जिल्ला  अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर हो ।

अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । 

महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप