taliwan

अफगानिस्तानमा तालिवानले गर्‍यो निर्वाचन आयोग विघटन access_timeपुस ११, २०७८

तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको हो । ‘आयोगको अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको...

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त access_timeपुस ६, २०७८

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको ...

अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका नयाँ प्रतिबन्ध access_timeमंसिर ६, २०७८

अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ ।&n...

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक रुपमा देखा परे access_timeकात्तिक १४, २०७८

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।  अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलन...

तालिवान विरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति access_timeअसोज ९, २०७८

अमेरिकाले तालिवान विरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दि...

तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ access_timeअसोज ९, २०७८

इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात काट्नु निकै ज...

लडाकूलाई तालिबान नेतृत्वको आह्वान- सरकारी अधिकारीलाई दिइएको आम माफीको सम्मान गर access_timeअसोज ८, २०७८

तालिबानले बिहीबार आफ्ना लडाकूहरुलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेट्सको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ ।  अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरुलाई सामान्य...

जलालाबाद आक्रमणमा दुई तालिबानसहित ३ जना मारिए access_timeअसोज ६, २०७८

पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले  बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ ।  सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँ...

तालिबानको घर खाली गर्ने उर्दीको विरोधमा कान्दहारमा प्रदर्शन access_timeभदौ ३०, २०७८

अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेक...

तालिबानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा access_timeभदौ २४, २०७८

काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको  पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घर खर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्ने दायित्व छ।  जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार...

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार access_timeभदौ २३, २०७८

अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरू गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गि...

पहाडले घेरिएको पन्जशीर, जहाँ तालिबानको केही लागेन access_timeभदौ १८, २०७८

तालिबानले अफगानिस्तानमा निकै तेजसँग आफ्नो पकड बनाएको छ । उनले काबुलमा नयाँ सरकार बनाउने योजना पनि बनाइरहेको छ । तर पनि उसको बाटोमा एउटा ठूलो बाधा अझै बाँकी छ । राजधानी काबुलबाट उत्तर–पूर्वमा पर्ने पन्जशीर उपत्यकामा अहिले राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) क...

अफगानिस्तानमा छिट्टै सरकार बनाउने तालिबान समूहको तयारी access_timeभदौ १७, २०७८

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बन...

काबुलमा तालिबानद्वारा पत्रकारको हत्या access_timeभदौ १०, २०७८

तालिबानले काबुलमा एक पत्रकारको हत्या गरेको छ । टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए ।  ...

विदेशी सेना नहटेसम्म नयाँ सरकार नबनाउने तालिबानको घोषणा access_timeभदौ ७, २०७८

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ ।  तालिवान समूहले सोमबार एएफपीमार्फत सो कुराको जानकारी दिएको हो । तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरक...

तालिवानका क्रियाकलापप्रति अमेरिकी चासो access_timeभदौ ५, २०७८

तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।  तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्द...

विमानस्थलमा विदेशीहरुको अपहरण भएको विषयमा तालिबानको यस्तो प्रतिक्रिया access_timeभदौ ५, २०७८

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।  काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत ह...

तालिबानले फायरिङ गर्दा कम्तीमा २ जनाको मृत्यु, दुई घाइते access_timeभदौ ३, २०७८

अफगानिस्तानको असादावादमा तालिबानले गोली चलाउँदा कम्तीमा दुईजनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । स्वतन्त्रता दिवस मनाउन भेला भएको भीडमाथि तालिबानी लडाकुहरुले गोली चलाएका हुन् ।  त्यसैगरी जलालावादमा स्वतन्...

तालिबानका प्रतिज्ञा पालना हुनेमा आशंका access_timeभदौ ३, २०७८

तालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।  यसपटक उनीहरू पहिलेभन्दा &...

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न के–के हुँदैछ ? access_timeसाउन ३२, २०७८

अफगानिस्तानको राजधानी काबुललाई तालिवानले कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर नेपालमा चिन्ता बढेको छ । एक सातादेखि नै नेपालीको उद्धार गर्न दबाव आए पनि नेपाल सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव...

Page 1 of 5
X