russia

रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित access_timeअसार ११, २०७८

रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाई रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेत गरी रुसमा ह...

रुसमा जहाज दुर्घटना, ९ जनाको मृत्यु access_timeअसार ५, २०७८

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिण पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।  दुर्घटनामा पर...

पुटिनले स्वीकार्दै भने, ‘चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा बलियो भयो’ access_timeजेठ ६, २०७८

चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित  थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ ।  पर्यवेक्षकका अनुसार यी चार नयाँ...

रुसको एक निजी घरमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु access_timeबैशाख १८, २०७८

एजेन्सी ।  रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मृत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ ।  पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि...

बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने access_timeबैशाख ३, २०७८

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा...

अमेरिकाद्वारा यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह access_timeचैत २९, २०७७

एजेन्सी । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रुसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रुसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चे...

ट्रली चढेर रुसी कुटनीतिज्ञहरुको समूहले उत्तरकोरिया छोड्यो access_timeफागुन १५, २०७७

एजेन्सी । रुसी कूटनीतिज्ञहरुको एक समूहले आफ्नो परिवारसहित उत्तर कोरिया छोडेको छ । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको हो । उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्र...

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दो access_timeफागुन ५, २०७७

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  अघिल्लो दिन सोही अवधिमा सङ्क्रमितको सङ्ख्या १३ हजार २३३ रहेक...

नेपालको रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना access_timeफागुन ३, २०७७

काठमाडौं । रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।  नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले म...

रुसमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आयो access_timeमाघ २६, २०७७

एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको छ ।  गत अक्टोबर २२ पछि सोमबार पहिलो पटक रुसमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या १६ हजारभन्दा कम देखिएको अधिकारीहरूले जनाएका छन् ।  उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा रुसमा १५ हजार ९...

रुसमा राष्ट्रपतिविरुद्ध हालसम्मको भव्य विरोध प्रदर्शनः ३,००० भन्दा बढी हिरासतमा access_timeमाघ ११, २०७७

जेलमा बन्द विपक्षी नेता एलेक्सी नाभेल्नीको समर्थनमा पूरा रुसभरी सुरु भएको विरोध प्रदर्शनको क्रममा रुसी प्रहरीले ३ हजारभन्दा बढी मानिसलाई हिरासतमा लिएको बताइएको छ ।  १० हजारभन्दा बढी मानिसहरुले भारी सुरक्षाबल तैनाथ हुँदा पनि यी प्रदर्शनमा भाग लिएका छन् । पछिल्ल...

नाभाल्नीलाई तत्काल रिहा गरिँदैनः रुस access_timeमाघ ६, २०७७

एजेन्सी । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो । राष्ट्रपतिक...

रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो access_timeमाघ ३, २०७७

एजेन्सी । रुसमा कोरोनका कारण मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । रुसी सरकारी तथ्याँकअनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६५ हजार बढी पुगेको हो । शनिबार रुसमा २४ हजार बढी कोरोना संक्रमित भेटिएका छन् भने ५९० जनाको मृत्यु भएको छ ।  &...

रूसले पनि ईयूका अधिकारीहरूविरुद्ध प्रतिबन्ध लगायो access_timeपुस ७, २०७७

एजेन्सी । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनालाई जोडेर केही रूसी अधिकारीमाथि प्रतिबन्धको...

अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार access_timeपुस ६, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ ।  अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी ए...

रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ जनाको मृत्यु access_timeमंसिर ३०, २०७७

एजेन्सी । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ । मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् । अग्नि नियन्त्रक टोली पुग्न...

इरानको समर्थनमा बोल्यो रुस access_timeमंसिर २८, २०७७

एजेन्सी । रुसले इरानका परमाणु वैज्ञानिकको हत्या विश्वमा अशान्ति फैलाउनका लागि गरिएको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लेभरोभले इरानको एक सरकारी सञ्चारमाध्यामलाई अन्तरवार्ता दिनेक्रममा सो दाबी गरेका हुन् । उनले भने,‘ रुसले उनको हत्या यस क्षेत्रमा अशान्ति पैदा गर्...

रुसमा भ्याक्सिन लगाएपछि रक्सी नखान चेतावनी, जनताले गरे विरोध access_timeमंसिर २५, २०७७

एजेन्सी । रुसी अधिकारीहरुले कोरोना भाइरसको भ्याक्सिन लगाउनुपूर्व र लगाइसकेपछि केही समय रक्सी नखान चेतावनी दिएका छन् । अल्कोहलले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भन्दै उपभोक्ता स्वास्थ पर्यवेक्षण समूहकी प्रमुख अन्ना पोपोभाले  रक्सी सेवन नगर्न चेतावनी दिएकी हुन् । ...

रुसी राष्ट्रपति पुटिनले दिए कोरोना खोप प्रयोग गर्न निर्देशन access_timeमंसिर १७, २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् ।  बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ ।  पहिलो चरणमा ...

पुटिनविरुद्ध आजिवन मुद्दा दर्ता गर्न नसकिने, रुसी संसदमा बिल पास access_timeमंसिर ३, २०७७

रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई समर्थन दिएको छ जस अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी राष्ट्रपति नहुँदा पनि कुनै प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन । यो ती संवैधानिक संशोधनमध्ये एक हो जसलाई जुलाईमा एक जनमत संग्रहमार्फत्...

Page 1 of 3