केन्द्रीय संस्करण

landslide

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध access_timeभदौ २९, २०७७

पर्वत । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत ...

घुमथाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी access_timeभदौ २९, २०७७

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।  शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको स...

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ? access_timeभदौ २८, २०७७

काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा क्षेत्र जुरेको पहिरोले त्यहाँका स्थानीयलाई गहिरो घाउ लगाएर गयो । ०७१ साउन १७ मा १४५ जनाको मृत्यु भएको सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोकलाई त्यसयता हरेक वर्ष बाढी–पहिरो जस्ता ...

लिदी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो, अझै २ जना वेपत्ता access_timeभदौ १६, २०७७

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरोमा बेपत्ता दुई जनाको नेपाली स...

नाग्म पहिरोः  ३ घर पुरिए, १ बालकको मृत्यु access_timeभदौ १४, २०७७

कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान  मा पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक...

बाग्लुङमा पहिरोले घर पुरियो, एक किशोरीको मृत्यु access_timeभदौ ९, २०७७

बाग्लुङ । अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्र...

सल्यानमा पहिरोले ३ घर बगायो, २५ परिवार विस्थापित access_timeभदौ ८, २०७७

सल्यान । जिल्लाको वागचौर नगरपालिका­ १२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा त...

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेहरुको संख्या ३० पुग्यो access_timeभदौ ४, २०७७

सिन्धुपाल्चोक । गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद ...

लिदी पहिरोः मृतकको संख्या २९ पुग्यो access_timeभदौ ४, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,  पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्...

बझाङको बुंगलमा पहिरोः बेपत्ता दाजुभाइको शव फेला access_timeभदौ ३, २०७७

बझाङ । बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा  छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकाल...

पहिरोमा परेर दैलेखमा दुईको मृत्युः एक बेपत्ता access_timeभदौ ३, २०७७

दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा  एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र  ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् । म...

वर्षेनी सिन्धुपाल्चोकमाथि नै किन यस्तो बज्रपात ? access_timeभदौ १, २०७७

काठमाडौँ । विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई ...

लिदी पहिरोमा परेका २२ जनाको शव फेला access_timeभदौ १, २०७७

सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए  । आज वर्ष २२ का छविल...

पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अबरुद्ध access_timeभदौ १, २०७७

गलकोट । अविरल वर्षापछि गएको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको ...

सिन्धुपाल्चोक पहिरोमा पुरिएका १९ जनाको शव फेला access_timeसाउन ३२, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला परेको छ । सो पहिरोमा परी अन्य २० जना हराइरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बे...

राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान access_timeसाउन ३०, २०७७

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर ...

दुई छोरा पहिरोमा पुरिएपछि दमाई परिवार शोकमा access_timeसाउन २६, २०७७

दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उनका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थि...

भारतमा पहिरोमा पुरिएर कम्तिमा ९ जना को मृत्यु, ५७ बेपत्ता access_timeसाउन २३, २०७७

एजेन्सी । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् ।  केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।  पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्ध...

गण्डकीमा बाढी-पहिरोः ५ जिल्लामा अनुमानित ८ करोड ९० लाख क्षति access_timeसाउन २०, २०७७

पोखरा । अविरल वर्षाका कारण आएको बाढी पहिरोले गण्डकीका ५ जिल्लामा अनुमानित ८ करोड ८० लाख बराबरको क्षति भएको छ । बाँकी ६ जिल्लाको क्षति विवरण भने आईसकेको छैन ।  भूमि, कृषि तथा सहकारी मन्त्रालय गण्डकीका निमित्त सचिव गंगालाल पोखरेलका अनुसार गण्डकीका पाँच जिल्ला प...

तनहुँमा पहिरोका कारण १५६ घरपरिवार विस्थापित access_timeसाउन १९, २०७७

तनहुँ । बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् ।  घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।   असारक...

Page 1 of 3