केन्द्रीय संस्करण

karnali province

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा access_timeमंसिर ३, २०७७

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् ।...

कर्णालीमा चाडपर्व सुरक्षार्थ प्रहरी परिचालन access_timeअसोज २९, २०७७

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी परिच...

कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता access_timeअसोज २५, २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गरा...

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार कट्यो access_timeअसोज ८, २०७७

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४ घण्टामा ...

कर्णालीमा ट्राफिक प्रहरीको अभियान- तपाइँको मास्क खोई ? access_timeअसोज १, २०७७

कर्णाली । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई ?’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए÷नलगाएको निगरानी गर्न यस्तो अभियान...

कर्णाली प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन access_timeभदौ २४, २०७७

कर्णाली । गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना क...

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै कर्णाली access_timeभदौ २१, २०७७

सुर्खेत । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर ६ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्ख...

कर्णाली मन्त्रिपरिषद् बैठकद्वारा चार कार्यविधि स्वीकृत access_timeभदौ १९, २०७७

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले चार कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको बैठकले मुख्यमन्त्री  कार्यालयको ‘मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७’, ‘प्राविधि...

पिसिआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश निषेध access_timeभदौ १६, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए  रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्...

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी access_timeभदौ ११, २०७७

सुर्खेत । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो ।  ...

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण access_timeभदौ १०, २०७७

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । ...

कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति access_timeभदौ १०, २०७७

जुम्ला । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ ।  सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमड...

कर्णालीमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन access_timeभदौ ८, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन गरेको छ ।  गत वर्षका लागि रु २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा उक्त अवधिमा करिब रु डेढ करोड कम राजस्व सङ्कलन भएको हो । गत आर्थिक वर्षमा रु २३ करोड ४४ लाख राजस्व सङ्कलन भएको आर्थ...

कर्णालीमा रात्री प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य access_timeसाउन ३०, २०७७

सुर्खेत । कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्री प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने ...

यो वर्ष कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने access_timeसाउन १६, २०७७

जुम्ला । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात्...

कर्णालीमा फरार अभियुक्त पक्राउ access_timeसाउन १३, २०७७

सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको...

प्रदेश कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्ने तयारी access_timeसाउन ५, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भई आएका कर्मचारीको वैयत्तिक विवरण अद्यावधिक गर्ने तयारी थालेको छ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा समायोजन भइ आएका कर्मचारीको वैयक्तिक विवरण अद्या...

कर्णालीमा विद्यालय खोल्ने तयारी access_timeसाउन ४, २०७७

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका...

कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण access_timeअसार ३०, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई सङ्क्रमण देखिएको कर्णाली प्रदेश सरकार...

‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित access_timeअसार २४, २०७७

सुर्खेत । कर्णाली प्रदेशसभा बैठकले ‘कर्णाली  विनियोजन विद्येयक २०७७’ पारित गरेको छ । बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकले उक्त विद्येयक पारित गरेको हो । सभामा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सभासमक्ष उक्त व...

Page 1 of 2