केन्द्रीय संस्करण

india news

दिल्लीका स्वास्थ्यमन्त्री अस्पताल भर्ना, कोरोना परीक्षण हुँदै access_timeअसार २, २०७७

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई उच्च ज्वरो र सास फेर्न समस्या भएका कारण राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । मंगलबार उनको कोरोना परीक्षण गरिने बताइएको छ । Delhi's Health Minister Satyendar Jain has been admitted to Rajiv Gandhi Sup...

एकैपटक २५ वटा विद्यालयमा पढाएर १ करोड तलब लिने यी शिक्षिका access_timeजेठ २५, २०७७

उत्तर प्रदेशको प्राथमिक शिक्षा विभागमा कथित रुपमा २५ वटा विद्यालयमा एकैसाथ पढाउने शिक्षिका अनामिका शुक्लालाई कासगंज इलाकाबाट शनिबार पक्राउ गरिएको छ । अनामिका शुक्लालाई प्राथमिक शिक्षा विभागले नोटिस पठाएका थिए तर नोटिसको जवाफ दिनुको साटो उनी राजीनामा दिन पुगेकी...

लकडाउनमा तरकारी लिन निस्किए युवक, विवाह गरेर दुलहीसहित फर्किए घर access_timeबैशाख १८, २०७७

लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो । लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराल...

भारतमा कोरोनाले ३७ को ज्यान लियो तर हिँडेर घर पुग्छु भनेका २९ मजदुरसहित ३४ को सडकमै मृत्यु access_timeचैत १७, २०७६

कोरोनाभाइरसलाई रोक्नका लागि भारतमा २१ दिन लकडाउन गरिएको छ । यो लकडाउन २४ मार्च राती १२ बजेदेखि सुरु भएको थियो जुन १४ अप्रिलसम्म चल्नेछ । यसको सबैभन्दा धेरै असर ती मजदुरमाथि परेको छ जो राम्रो जीवनयापनका लागि आफ्नो गाउँबाट शहर आएका थिए । तर लकडाउनका कारण यी मजदु...

भारतमा ‘जनता कर्फ्यू’: कस्तो छ स्थिति ? access_timeचैत ९, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीसँग ‘जनता कर्फ्यू’ का दिन बिहान ७ बजेदेखि राती ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । यतिबेला श्रीनगर र बेंगलुरुजस्ता शहरमा करफ्यू लागेको जस्तो स्थिती हुनेछ । प्रशासनले पनि यस्तै बयान दिएको छ । कश्मी...

३ घण्टामा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले, ९ पटक हात मिलाएः ट्रम्पले ६३ पटक भारत र मोदीले २३ पटक अमेरिका भने access_timeफागुन १३, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेस्ट्री निकै मिलेको देखियो । यी दुई नेताको पाँच महिना अघि मोदी कार्यक्रममा र यसपटक अहमदाबादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा भेट भएको थियो  । ट्रम्पको व...

बाँदर खेद्न लङ्गुरदेखि गाई–कुकुरको व्यवस्थापनसम्मः आगरामा डोनल्ड ट्रम्पको सुरक्षाका लागि के के गरियो ? access_timeफागुन १२, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा दुई घण्टा मात्रै बसेपनि उनको आगमनको तयारीमा पूरा शहर पछिल्लो थुप्रै दिनदेखि दिनरात जुटिरहेको  छ । जहाँबाट ट्रम्प यात्रा गर्छन्, ती सबै बाटोहरु धोइ पखाली गरेर चम्काइएको छ । सुरक्षाको उच्च स्तरीय प्रबन्धका लागि मुख्यमन्त्रीदेखि अ...

विवाहको एक महिनापछि कुकुरले टोक्यो, चार महिनादेखि परिवारले बाँधेर राखे, अहिले मृत्यु access_timeफागुन ५, २०७६

भारतको बटालाका विक्की नामका एक व्यक्तिको ६ महिना अघि धुमधामले विवाह भएको थियो । विवाहको एक महिनापछि नै उनलाई कुकुरले टोक्यो । उपचार पनि गराइएको तर कुनै फाइदा नभएको बताइन्छ । भारतीय मिडियामा प्रकाशितसमाचार अनुसार जब उनलाई कुनै उपचारले छोएन तब वरिपरिका मानि...

फिल्मफेयर अवार्ड नपाएपछि दुःखी हुँदै गीतकारले भने, ‘मर्ने बेलासम्म कुनै अवार्ड शोमा जान्नँ’ access_timeफागुन ५, २०७६

भारतको गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पायो । यो अवार्डको दौडमा मनोज मुंतशिरले लेखेको गीत ‘तेरी मिट्टी...’ पनि समावेश थियो । आफ्नो गीतले सम्मान नपाएका कारण मनोजले सोसल मिड...

छोरीले दाइजोमा आफ्नो तौल बराबरको किताब मागिन्, पिताले ६ महिनामा जुटाए २२ सय किताब access_timeफागुन ३, २०७६

साधारणतया, जन्मघरबाट बिदा गर्नेबेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहीबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे । वास्तवमा, शिक्षक हरदेव सिंह जाडेजाकी ...

निर्भया काण्डः दोषीलाई छुट्टा छुट्टै फाँसीको सुनुवाईका बेला न्यायाधीस बेहोस access_timeफागुन ३, २०७६

भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेको छ । त्यसपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाईको क्रममा न्यायाधीस आर भानुमति बेहोस भए । डायसमा बसेका अन्य न्यायाधीस र कर्...

भाइरल ज्वरोलाई कोरोना ठानेर लगाए पासो, मृत्यु access_timeमाघ २९, २०७६

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ । मंगलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा पासो लगाएर आत्महत्या गरेका छन् । उनले आफ्नी...

निर्भया काण्डः नयाँ ‘डेथ वारेन्ट’ का लागि सर्वोच्च सकारात्मक, दोषीलाई छुट्टा छुट्टै फाँसी होला ? access_timeमाघ २९, २०७६

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि हरियो झण्डा देखाएको छ । अदालतले तिहाड प्रशासनलाई अब फाँसीको नयाँ मितिका लागि ट्रायल को...

निर्भयाका दोषीको फाँसीको विषयमा दिल्ली हाइकोर्टले बुधबार निर्णय गर्दै access_timeमाघ २२, २०७६

निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषीको फाँसीको सजाय स्थगित भएको बारे दिल्ली हाइकोर्टले बुधबार अर्थात् आज आफ्नो निर्णय सुनाउनेछ । केन्द्र सरकार र तिहाडजेल प्रशासनले हाइकोर्टमा याचिका दर्ता गरेर पटियाला हाउसकोर्टको त्यो निर्णयलाई चुनौती दिएको छ जसमा निर्भयाका चारै दोष...

निर्भया सामूहिक बलात्कारः फाँसी हुन्छ वा हुँदैन ? access_timeमाघ २१, २०७६

निर्भया सामूहिक बलात्कारका दोषीलाई भिन्न भिन्न फाँसी दिन सकिन्छ वा सकिँदैन भन्ने विषयमा दिल्ली हाइकोर्टमा आइतबार सुनुवाई भयो । आइतबार अदालतमा छुट्टी हुन्छ तर घटनाको गम्भीरता हेर्दै छुट्टीको दिन पनि सुनुवाई भयो । त्यसपछि अदालतले आफ्नो निर्णय सुरक्षित राख्यो । यसअघि पट...

जावेद जाफरीले सोसल मिडिया छोडेः लेखे, ‘यति घृणा सहन सकिरहेको छैन’ access_timeपुस ८, २०७६

भारतीय अभिनेता जावेद जाफरी पनि नागरिकता संशोधन कानूनको विरोधमा छन् । उनी लगातार आफ्नो सोसल मिडिया अकाउन्ट्समा यसबारे पोष्ट गरिरहेका छन् । तर उनलाई जब यो मुद्दामा ट्रोल गर्न थालियो तब उनी असाध्यै दुःखी र तनावमा छन् । जावेदले आइतबार एक ट्वीटमार्फत् सोसल मिडिया छोड्ने घ...

भारतका पूर्व प्रहरी अधिकारीलाई हिंसा भड्काएको आरोपमा जेल सजाय access_timeपुस ७, २०७६

भारतको उत्तर प्रदेश पुलिसले गत १९ डिसेम्बरमा लखनउमा भएको हिंस्रक प्रदर्शनको मामलामा भारतीय प्रहरी सेवाका अवकाशप्राप्त प्रहरी अधिकारीलाई जेल सजाय तोकेको छ । १९ डिसेम्बरमा भएको हिंसामा अहिलेसम्म ४५ जनालाई पक्राउ गरेर जेल पठाइसकिएको छ जबकी अन्य व्यक्तिको खोजी जारी छ ।...

प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरेका थिए तीन करोडः होटलले भन्यो, ‘तीन महिनाको आम्दानी चार दिनमा’ access_timeपुस ३, २०७६

इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छ...

प्रेम, विवाह अनि बलात्कार : त्यसपछि जिउँदै जलाएर मार्नेसम्मको कहानी access_timeमंसिर २३, २०७६

भारतको उन्नावमा सामूहिक बलात्कारबाट पीडित एक युवतीको शुक्रबार अबेर राती दिल्लीको सफदरजंग अस्पतालमा मृत्यु भएको छ । आगोमा नराम्रोसँग जलेकी युवतीलाई बचाउने कोसिसमा उन्नावबाट लखनउ र त्यसपछि दिल्लीको सफदरजंग अस्पतालमा पुर्‍याइयो तर युवतीको दुई दिनभित्रै मृत्यु भय...

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो access_timeमंसिर २२, २०७६

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए । रिपोर्टक...

Page 1 of 3