court

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने access_timeबैशाख २९, २०७९

स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएका छन् । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहिबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक ...

पाकिस्तानमा इमरान खान सरकारलाई झड्का : सर्वोच्च अदालतद्वारा संसद्‌ पुनः स्थापनाको फैसला access_timeचैत २४, २०७८

पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ ।  सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ ।  सर्वोच्चको ५ सदस्यीय इजलासले ...

चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय access_timeफागुन ९, २०७८

उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने ...

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता access_timeमाघ २, २०७८

ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरक...

मुद्दा सुनुवाइको माग गर्दा प्रहरीको दुर्व्यवहार access_timeमंसिर १२, २०७८

लामो समयदेखि मुद्दाको सुनुवाई रोकिएको भन्दै आक्रोश पोख्ने एकजना महिलालाई नेपाल बार एसोसिएसनको कार्यालयबाट प्रहरीले अभद्र तरिकाले निकालेको छ । रोकाया थरकी एक महिलालाई प्रहरीले दुर्व्यवहार गरेर निकालेको हो ।  बारतर्फबाट सर्वोच्चमा प्रवेश गर्न खोजेको हुनाले ...

सर्वोच्चले गर्‍यो ‘कजलिष्ट’ मा हेरफेर access_timeमंसिर ५, २०७८

सर्वोच्च अदालत प्रशासनले कजलिष्टमा केही परिवर्तन गरेको छ । सुरुमा बन्दी प्रत्यक्षीकरणको रिटलाई पनि अन्तिममा राखेर पेसी तोकेकामा रातोपाटीमा समाचार आएलगत्तै कजलिष्टमा परिवर्तन गरिएको हो ।  बन्दीको मुद्दा अन्तिममा ! सामान्य अवस्थामा बन्दी प्रत्यक्षीकरण, तामेली, मिला...

फुलकोर्टबाट पास भएको निर्देशिका आजै कानुन मन्त्रालयमा पठाइने access_timeमंसिर २, २०७८

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका बिहीबार नै कानुन मन्त्रालयमा पठाइने भएको छ ।  सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्र...

प्रधानन्यायाधीशको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास : पूर्व न्यायाधीश फोरम access_timeकात्तिक २९, २०७८

पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको लागि आव्हान गरेको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ । पूर्व न्यायाधीश फोरम, नेपालले सोमबार काठमाडौंमा एक विज्ञप्ती जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताको लागि आव्हान ...

प्रधानन्यायाधीश राणाको समर्थनमा आज पनि प्रदर्शन access_timeकात्तिक २९, २०७८

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित समूहले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहले केही दिनयता सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दै आएको छ । बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइ...

प्रधानन्यायाधीशको राजीनामा माग्दै पोखरामा धर्ना access_timeकात्तिक २८, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् । कानुन व्यवसायीले ...

नुरप्रसाद अधिकारीसहित बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ access_timeकात्तिक २८, २०७८

सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।   कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा ...

ललिता निवास प्रकरण : नेपाल र भट्टराई विरुद्धको मुद्दामा कार्तिक १५ मा फैसला आउने access_timeअसोज १८, २०७८

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कार्तिक १५ गते निर्णय सुनाउने भएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीले कार्तिक १५ मा निर्णय सुनाउने आदेश ...

प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, संवैधानिक इजलास शीघ्र सुनुवाइको माग access_timeअसोज १३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीशसहित केही न्यायाधीशलाई सर्वोच्चमै भेटघाट गरेको हो । मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधान...

भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ access_timeअसोज ८, २०७८

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन...

संवैधानिक इजलासबारे दायर रिट निवेदनमाथि आज सुनुवाइ हुँदै access_timeअसोज ८, २०७८

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको ...

वरिष्ठ अधिवक्ता वैद्य र उषा मल्ललाई एमिकस क्युरीमा मनोनयन गर्ने बारको निर्णय access_timeअसार १, २०७८

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले रातोपाटीलाई बताए ।  ...

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय access_timeअसार १, २०७८

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरी (अदालतको सहयोगी) मा पठाउने निर्णय गरिएको सर्वोच्च बारका...

२३ गते अर्को सुनुवाइ, प्रधानन्यायाधीशले भने–अब यो विवाद फेरि नगरौं access_timeजेठ १८, २०७८

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ जेठ २३ गते हुने भएको छ । आजको इजलास विवादमा परेका न्यायाधीश रहने कि नरहने भन्ने विषयमै गलफती भएर सकिएको छ । गलफतीपछि संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् । संवैधानिक इज...

प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो access_timeजेठ १६, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।  जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै&rsq...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा access_timeजेठ १६, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।  बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा ...

Page 1 of 2