asta laxmi shakya
मेरा ती दिन, ती दसैँ
बडादसैँमा नै यो धर्ती टेकेकी मैले तीनखाले दसैँ देखेभोगेको छु । ५/६ दशकअघिको काठमाडौँको परम्परागत दसैँ, भूमिगतकालीन गरिबीको दुखद् दसैँ र पछिल्लो कालको प्रविधिले किचिएको दसैँ । म जन्मेकै दसैँमा, अष्टमीको दिन । अष्टमीको दिन जन्मेको भएर मेरो नाम अष्टलक्ष्मी राख्या र...