anfa

हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य access_timeभदौ ९, २०७८

नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर...

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने access_timeसाउन २२, २०७८

नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण ...

एन्फा ए डिभिजन लिगको पुरस्कार राशि बढ्यो access_timeसाउन १७, २०७८

असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा बृद्धि गरेर ७५ लाख पुर्याएको हो । यस ...

अखिल नेपाल फुटबल संघको आकस्मिक बैठक access_timeसाउन १५, २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुरस्थित एन्फा मुख्यालयमा बसिरहेको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छलफल हुने बताइएको ...

बाहिरिए १४ खेलाडी access_timeअसार ३०, २०७८

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई ...

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने access_timeचैत १७, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपा...

कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा access_timeफागुन १३, २०७७

कर्णाली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।  हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित ग्रास रुट फुटबल प्रशिक्षणमा र...

फुटबल खेलाडीहरुलाई अभ्यासमा फर्काउन एन्फाको माग access_timeअसोज १४, २०७७

काठमाडौं । नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छ । महामारीको चपेटामा परेको फुटबल गतिविधि चल्न नसक्दा खेलकुद ठप्प भएको हो । कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ । तर फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ । ...

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग access_timeभदौ ३१, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले आज राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनु...

सेनाको खेल मैदान बनाउन एन्फाको सहयोग access_timeअसार २६, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ ।    प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानम...