उत्तरतिर गणेश, मनास्लुका हिम–चुचुराहरू र तिनलाई अविराम एकटक नियालिरहने लोभमा देखिन्छ भैरवीको थुम्को, त्यसै थुम्कोलाई चारैतिरबाट ऐना हेरेजस्तै हेरिरहने दामगाडेको लेक, ढुङ्गे चुली, निमारे तथा पचभैयाको उत्तुङ्ग थुम्काथुम्कीहरू एक आपसमा...